• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

प्रकाण्डलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई २४ घण्टाभित्र आदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । 

चन्दा उठाएको आरोपमा पक्राउ परेका प्रकाण्डलाई सर्वोच्चले गत शुक्रबार थुनामुक्त गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेश अनुसार थुनामुक्त भएका प्रकाण्डलाई उत्तिनैखेर प्रहरीले पक्राउ गरेको थियो  । उनलाई आगजनी गरेको आरोप प्रहरीले पक्राउ गरेर काभ्रे लगेको थियो  ।

प्रकाण्डका भाइ वीरेन्द्र बिश्वकर्माले आइतबार दायर गरको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुुनुवाई गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले प्रकण्डलाई बाटोको म्याद बाहेक २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर