• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा पाकिस्तानी समकक्षीलाई बधाई

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पाकिस्तानका विदेशमन्त्रीमा नियुक्त भएका मख्दुम साह मोहम्मद कुरेसीलाई बधाई तथा शुभकामना दिएका छन् ।  

आज एक शुभकामना सन्देश पठाउँदै उनले कुरेसीको कार्यकालमा दुवै देशको सम्बन्धलाई अझै प्रगाढ बनाउनका लागि नेपालले निकटमा रहेर काम गर्न चाहेको बताए । नेपाल र पाकिस्तानबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सुमधुर सम्बन्ध रहिआएको छ । 

यस्तै दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कका महासचिव अम्जद हुसेन बी सियालले पनि विदेशमन्त्रीमा नियुक्त हुनु भएकामा कुरेसीलाई वधाई एवम् सफल कार्यकालयको शुभकामना दिए ।  

महासचिव सियालले आफ्नो कार्यकालमा कुरेसीले क्षेत्रीय सहयोग एवम् आपसी हितका लागि महत्वपूर्ण योगदान दिनहुने अपेक्षा गरे । सार्कको १९औँ शिखर सम्मेलन पाकिस्तानको इस्लामावादमा शीघ्र आयोजना हुने विश्वाससमेत उनले व्यक्त गरे । रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर