• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

निर्वाचनका गल्ती र कम्जोरी खोज्दै निर्वाचन आयोग पोखरामा

पोखरा । निर्वाचन आयोगले बुधबार पोखरामा निवार्चनको कार्यविधि सम्बन्धी समीक्षा गरेको छ । कार्यक्रममा अघिल्ला निर्वाचनमा देखिएका गल्ति र समाधान विषयमा छलफल गरिएको छ ।

 

कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गाउँका युवा सबै वैदेशिक रोजगारमा गएकाले उनीहरुलाई पनि चुनावी प्रक्रियामा सामेल गर्नुपर्ने बताए । ‘गाउँमा बालबालिका, बुढाबुढी र महिला मात्र बाँकी छन्,’ उनले भने, ‘आइडी कार्डको व्यवस्था गरी खाडी मुलुकका राजदुताबाससँग सहमति गरेर भोट दिन मिल्ने गराउनुपर्छ ।’ नेपालमै पनि भोट लाई पारदर्शी गर्न इलेक्ट्रिक भोटिङ सिस्टम ल्याउनुपर्ने उनको भनाइ थियो ।

 

मुख्यमन्त्री गुरुङले नेपालको निर्वाचन शासन प्रणालीसँग जोडिएको तर देशको शासन प्रणाली नै उल्टो भएको सुनाए । देशमा संसदीय प्रणाली ठिक भन्ने एक थरी र राष्ट्रपतीय प्रणाली ठिक भन्ने अर्को थरी रहेको उनको भनाइ थियो । उनले भने, ‘दुवै ठिक छन्, मिश्रित समानुपातिक प्रणालीबाट समानान्तर शाषण व्यवस्था तर्जुमा गर्नुपर्छ ।’ चुनावमा ¥याली निकाल्नुभन्दा जनताको घरदैलोमा गएर उनीहरुको चाहना बुझेर भूगोल, संस्कृति सुहाउँदो विकास गर्नुपर्ने उनको भनाइ थियो ।

 

निर्वाचन आयोगका आयुक्त इश्वरीप्रसाद पौडेलले अभावै अभाव भएको देशमा निर्वाचन सम्पन्न गराउँदा बधाई आउने क्रम नरोकिएको बताए । उनले भने, ‘निर्वाचन स्वतन्त्र रुपमा सफल हुनुमा कर्मचारी ट्रेन्ड राम्रो छ ।’ प्रदेश नम्बर २ मा संविधान नै नमान्ने, चुनाब नै नहुने परिस्थितीमा पनि चुनाब सफल बनाएको उनले सुनाए । उनले भने, ‘निर्वाचन आयोग भनेको बिहे गरेर छोरीलाई घरमा पठाए जस्तै हो ।’

 

निर्वाचन सम्पन्न गर्न कतिपय कुरामा कम्र्पमाइज गरेका छौ । उनले भने, ‘यसको मतलब हामिले कानुन नै नमानेको होइन ।’ करिब १ सय १२ मुलुकमा रहेका नेपालीलाई भोटिङ्ग राइट्स नदिए अन्याय हुने उनले सुनाए । ‘चुनावप्रति दृष्टिकोण परिवर्तन गर्न मत पोलिङ गनुपर्छ यसो गर्दा नेता र जनता दुबै विश्वस्त हुन्छन्,’ उनले भने ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर