• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

पार्चुलद्धारा मोरक्को पराजित

काठमाडौं । विश्वकप फुटबलको समूह चरणकोे दोस्रो खेलमा पोर्चुगलले मोरक्कोलाई १–० गोल अन्तरले हराएको छ । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले खेलको ४ मिनेटमा गरेको गोल गनै निर्णयक बन्यो । उनले हेडमार्फत गोल गर्दै पोर्चुगललाई अर्को चरण प्रवेशका लागि सहज बनाएका छन् ।

 

खेलमा मोरक्को हावी भए पनि गोल गर्न सकेन । पहिलो खेलमा स्पेनसँग ३–३ गोलको बराबरी खेलेको पोर्चुगल समूहमा दुई खेलबाट चार अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको इरानको एक खेलबाट तीन अंक छ । मोरक्को आफ्नो पहिलो खेलमा इरानसगँ १–० गोलले पराजित भएको थियो । आजै राति पौन १२ बजे समूह बि को अर्को खेलमा स्पेनले इरानसँग खेल्दै छ ।

 

रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा दोस्रो स्थानमा उक्लिएका छन् । रोनाल्डोले पोर्चुगलका लागि एक सय ५२ खेल खेल्दै ८५ गोल गरेका छन् । इरानका अलि दाईले एक सय नौ गोल गरेका थिए । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर