बजेटले सबै वर्गलाई समेटेको छ : मन्त्री ढुड्डेल

 

मकवानपुर । ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुड्डेलले ३ नम्बर प्रदेश सभामा बजेट माथीको छलफलमा उठेका सवालको जवाफ दिद“ै बजेट सबै वर्गको लागि ल्याएको बताएका छन् । आज प्रदेश सभामा सांसदहरुको जवाफ दि“दै उनले बजेटले सबै क्षेत्रलाई समेटेको बताएका छन् । 
  

संविधान बनाउन नेपाली कांग्रेस लगायत सबै लोकतान्त्रिक राजनीतिक दलहरुको भुमिका रहेको भन्दै संविधान अनुसार बनेको सरकारले संविधान अनुसार नै हलो जोत्ने देखि व्यापारी सम्मको लागि बजेट छुट्याएको बताएका हुन् ।् विश्वकपमा खेलाडीको चर्चा गर्दै उनले भने ‘खेल्न जति गाह्रो हुन्छ दर्शक र फ्यानले त्यत्ति नै सजिलो आलोचना गर्ने गर्छन, हो बजेट पनि त्यस्तै हो बाहिर बसेर बोल्न जति सजिलो हुन्छ निर्माण गर्दा त्यत्ति नै गाह्रो हुन्छ’ उनले बजेटमा जनताले मागेको सबै कुरा पु¥याउ“दा प्रतिपक्षले अधिनायकवाद भन्नु कुतर्क रहेको बताएका हुन् । 

 

मन्त्री ढुड्डेलले अधिनायकवाद आए आफूहरुले जिम्मा लिने भन्दै कमिन्युष्ट जनताको माथ कमिन्युष्ट तरिकाकै हु“दा विपक्षी आत्तिन नहुने बताएका थिए । सत्तापक्ष्ँकै प्रदेश सभा सदस्यहरुलाई लक्षित गर्दै पुर्व मन्त्री समेत रहेका नेताहरुले बजेट यस्तो भएन उस्तो भएन भन्नु भन्दा सल्लाह सुझाव दिनुपर्ने समेत बताएका थिए । कृषि आयकरमा नबुझीकन उडाउनु नमिठो मजाक भएको आरोप लगाएका थिए । प्रदेश सभामा बुधबार विनियोजन विधेयक प्रस्तुत भएको छ । आज कर तथा गैर करको विषयमा दफवार छलफल हुनेछ भने । त्यसपछि असार ११ गते सम्मको लागि प्रदेश सभा स्थगित हुनेछ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर