• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

नेतृत्वमा एकता कांग्रेस जिल्ला सभापतिहरुको माग

मकवानपुर । नेपाली कांग्रेसको हेटौंडामा जारी नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेलामा अधिकांश जिल्ला सभापतिहरुले पार्टीको नेतृत्वमा एक हुन आवाज उठाएका छन् । आज विहिबार सम्म चल्ने भेलामा जिल्ला सभापतिहरुले बोलेको कुराबारे नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् ।

 

जिल्ला सभापतिहरुले वाम एकताको चुनौती सामना गर्न संगठित हुनुपर्ने,पार्टीलाई पुनर्ताजगी गराउन राष्ट्रिय जागरण अभियान चलाउनुपर्ने,आत्मघातीलाई कारवाही गर्न नेतृत्व कडा रुपमा प्रस्तुत हुनुपर्ने,सरकारको शैलीबारे प्रतिपक्ष दलको भुमिका निर्वाह गर्नपर्ने कुराहरु, राज्यको नया“ संरचना अनुसार जिल्ला समितिहरुको भुमिकाबारे नेतृत्वलाई प्रश्न गरेका थिए । केहि जिल्ला सभापतिहरुले भने नेतृत्वको कारणले जिल्ला तहमा समेत नराम्रो छाप परेको भन्दै गुटको अन्त्य गर्नुपर्ने बताएका थिए । जिल्ला सभापतिहरुले आज पनि आफ्ना कुराहरु नेतृत्व सामु राख्नेछन् । जिल्ला सभापतिहरुको बन्द सत्रमा पत्रकारलाई प्रवेश दिइएको छैन ।
 
देउवालाई ध्यानाकर्षण
हेटौंडाः नेपाली कांग्रेस निकट नेपाल विद्यार्थि संघ (नेविसंघ) का चार उपाध्यक्ष सहित एक महामन्त्रीले केन्द्रीय अधिवेशन गराउन माग गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षपत्र दिएका छन् ।

 

नेविसंघका अध्यक्ष नैनसिंह महरले नेविसंघलाई कब्जामा लिने मनासय बनाउ“दै अधिवेशन नगरेको भन्दै उपाध्यक्षहरु रामप्रसाद अधिकारी, डिल्लिराम सुवेदी, नविन राई तथा प्रकाश राना र महामन्त्री कुन्दनराज काफ्लेको हस्ताक्षर भएको ध्यानाकर्षणपत्र बुझाएको हो । अधिवेशनलाई जिल्ला तथा अन्य सबै तहमा समेत गर्नुपर्ने भन्दै उनीहरुले सम्पूर्ण जिल्लाका सभापतिहरुलाई समेत उक्त वातावरण बनाउनको लागि आग्रह गरेका हुन् ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर