फिजियोथेरापी सेवाको सुरु 

हेटौंटा । हेटौंडा अस्पतालमा एकसाता अघि मात्रै सञ्चालनमा आएको फिजियोथेरापी सेवाको बुधबार उद्घाटन गरिएको छ । प्रदेश ३ सरकारका सामाजिक विकासमन्त्री युवराज दुलालले अस्पतालको फिजियोथेरापी इकाईको उद्घाटन गरेका हुन । 

फिजियोथेरापी सेवाको उद्घाटन गर्दै मन्त्री दुलालले हेटौंडा अस्पतालले सञ्चालन गरिरहेको सेवा र आगामी दिनमा विस्तार गर्ने सेवामा सदैव सहयोग गर्ने र अभिभावकत्व ग्रहण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । गत बिहीबार विकलाड्डमित्र समूहद्वारा संचालित अपाड्ड बाल अस्पताल तथा पुनस्र्थापन केन्द्रले ५ लाख रुपैया“ बराबरको उपचार सामग्री अस्पताललाई हस्तान्तरण गरेको थियो । स्वास्थ्य मन्त्रालयले एकजना चिकित्सकको दरबन्दी समेत प्रदान गरेपछि फिजियोथेरापी सेवा सञ्चालन गर्न सहज भएको हो । 

अहिले हेटौंडा अस्पतालमा फिजियोथेरापिष्ट डा. सौम्या झाले सेवा प्रदान गर्नेछिन । डा. झाका अनुसार शारीरिक तथा स्नायु पक्षघात भई शरीरका विभिन्न अंगमा समस्या देखिए फिजियोथेरापीमार्फत उपचार गराइने जानकारी दिइन् । हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष रमेश गिरीले जनशक्ति अभावका कारण सेवाग्राहीको अपेक्षाअनुसार सेवा प्रदान गर्न नसकिएको बताए । हेटौंडा अस्पतालको सेवा प्रवाहमा जनविश्वास बढेकै कारण २ नम्बर प्रदेशका विभिन्न जिल्लाबाट समेत हेटौंडा अस्पतालमा सेवाग्राही आउने गरेको उनले जानकारी दिएका छन । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर