• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

विश्वकपमा आज उपाधिको दाबेदार मानिएका राष्ट्रबीच प्रतिस्पर्धा हुँदै 

काठमाडौं । फिफा विश्वकप फुटबल अन्तर्गत आज पनि तीन खेल हुँदैछ । आज मैदानमा उत्रिने टोली उपाधिको दाबेदार मानिएका राष्ट्रहरु नै छन् ।

 

आज हुने पहिलो खेलमा पौने ६ बजे डेनमार्क र अष्ट्रेलिया भिडदैछन् । पहिलो राउण्डमा फ्रान्ससँग पराजित भएको अष्ट्रेलियाले अघिल्लो चरण प्रवेशको सम्भावना बनाउनका लागि यो खेल जित्नै पर्नेछ भने डेनमार्कले पहिलो राउण्डमा पेरुलाई हराउँदै तीन अंक बटुलिसकेको छ ।

 

पहिलो राउण्डमा बलियो फ्रान्सलाई आच्छु आच्छु पारेको अष्ट्रेलियाले डेनमार्कविरुद्ध खरो रुपमा प्रस्तुत हुने पक्का छ । यस्तै आज हुने दोस्रो खेलमा राति पौने ९ बजे फ्रान्स र पेरुबीच प्रतिस्पर्धा हुने छ । फ्रान्सले पेरुमाथि सहज जित हात पार्ने अपेक्षा गरिएको छ ।

 

पहिलो राउण्डमा डेनमार्कसँग पराजित भएको पेरु फ्रान्समाथि कडारुपमा प्रस्तुत हुने प्रयासमा देखिएको छ । फ्रान्सका खेलाडी लयमा रहेको र बलियो अष्ट्रेलियालाई पराजित गर्दै तीन अंक जोडिसकेको छ । पेरुमाथि जित हात पार्दै नकआउट चरण प्रवेशको लागि सहज बाटो बनाउने दाउमा फ्रान्स रहने छ ।

 

प्रतियोगिताको तेस्रो खेलमा राति पौने १२ बजे अर्जेन्टिनाले क्रोएसियाको सामना गर्नेछ । अर्जेन्टिनाले पहिलो राउण्डमा आइसल्याण्डसँग बराबरी खेल्दै १ अंक बटुलेको छ भने क्रोएसियाले नाइजेरियालाई हराउँदै ३ अंक बटुलिसकेको छ ।  यो खेलमा जित हात पार्दै क्रोएशिया ६ अंक बटुल्ने दाउमा देखिने छ भने अर्जेन्टिना क्रोएशियालाई हराउँदै ४ अंक बनाउने दाउमा देखिएको छ । 

 

अर्जेन्टिनाले पहिलो राउण्डमा बराबरी खेलेका कारण यो खेल जित्नैपर्ने दबाबमा देखिएको छ । त्यसभन्दा पनि अर्जेन्टिनाका क्याप्टेन लियोनल मेस्सी भएका कारण खेल दर्शकका लागि निकै महत्वपूर्ण हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर