• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

उत्कृष्ट ५ खेलाडीको सूची : मेस्सी ,नेयमार आउट 

एजेन्सी । ३८ गोल । विजेता स्टार इंग्ल्याण्ड । विश्वविजेताको हार । स्पेन र पार्चुगलको सनसनीपूर्ण बराबरी । यी सबै विश्वकप छनौट चरणको पहिलो खेल अवधिमा देखिएका दृश्य हुन् ।

 

समूह चरणको पहिलो खेल सकिसकेको छ । उक्त खेल सकिएपछि बिबिसीले उत्कृष्ट प्रर्दशन गरेको आधारमा खेलाडीहरुको रेटिङ गरेको छ । जहाँ टप ५ जना खेलाडीको चर्चा गरिएको छ । लियोनल मेस्सी, नेयामार भने यो सूचीमा पर्न सफल भएका छैनन् । 

 

रेटिङको पहिलो नम्बरमा पर्ने मेक्सिोका हिरविंग लोजानो पर्न सफल भएका छन् । विश्वविजेता जर्मनीलाई हराउन लोजानोले नै नाटकीय गोल गरेका थिए । उनले १० नम्बरमा ८.३५ अंक पाउँदै पहिलो नम्बरमा पर्न सफल भएका छन् । जबकी रोनाल्डो स्पेनविरुद्ध ह्याट्रिक गरेपनि उनी पहिलो नम्बरमा पर्न सकेनन् । 

 

स्पेनका मिडफिल्डर इस्को रेटिङको दोस्रो नम्बरमा पर्न सफल भएका छन् । उनले पोर्चुगलविरुद्ध बराबरी खेल्न उत्कृष्ट प्रर्दशन गरेका थिए । उनले ८.३३ अंक पाएका छन् ।

 

अर्जेन्टिनालाई बराबरीमा रोक्न सफल आइसल्याण्डका दुई खेलाडी टप ५ भित्र पर्न सफल भएका छन् । आइसल्याण्डका गोलरक्षक हानेस हल्डोर्सनले मेस्सीको पेनाल्टी रोकेका थिए । उनी टप ५ को तेस्रो नम्बरमा पर्न सफल भएका छन् उनले ८.२६ अंक पाएका छन् ।

 

चौथो नम्बरमा पोर्चुलका क्रिष्टियाना रोनाल्डो पर्न सफल भएका छन् । उनले ८.१३ अंक पाएका छन् । ५ औं नम्बरमा आइसल्याण्डकै अल्फ्रेड फिनबोगसन परेका छन् । अर्जेन्टिनाविरुद्ध उत्कृष्ट प्रर्दशन गर्दा उनको महत्वपूर्ण भूमिका थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर