• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

डुङ्गा दुर्घटनामा १९३ बेपत्ता , ४को शव भेटियो, चालक पक्राउ

सिमालुङ्गाउन । इन्डोनेसियामा भएको एक डुङ्गा दुर्घटनामा परी बेपत्ता भएका ठूलो सङ्ख्याका यात्रुमध्ये चार जनाको शव भेटिएको । गएको सोमबार भएको सो दुर्घटनामा परेका १८ जनालाई भने जिवीतै उद्वार गरिएको थियो । उनीहरुको खोजी कार्य जारी नै रहेको सुरक्षाकर्मीहरुको भनाई छ । 

 

खोजी र अनुसन्धानको क्रममा चालक दलका अध्यक्ष पक्राउ परेका छन् । सो कुराको जानकारी इन्डोनेसियाको प्रहरीले बिहीबार दिएको छ । डुङ्गा पनि तिनै व्यक्तिको रहेको अनुमान गरिएको छ । तर प्रहरीले अनुसन्धान भर्खरै सुरु गरेको जनाएको छ । 

 

प्रहरीले यस दुर्घटनामा परी हालसम्म चार व्यक्तिको मृत्यु भएको पुष्टि भएको र बिहीबार जानकारी दिइएको छ । अरु दर्जनौँ व्यक्ति अझै बेपत्ता रहेका छन् । दुर्घटनमा परेको सो डुङ्गबाट कम्तीमा १९३ व्यक्ति वेपत्ता रहेका सरकारी अधिकारीहरुको अनुमान रहेको बिहीबार जनाइएको छ । 

 

खोजीकार्य जारी रहेको र हाल सम्म १८ व्यक्तिलाई उद्धार गरिएको उनीहरुले बताएका छन् । तर अझै पनि सो डुङ्गामा कति व्यक्ति सवार थिए भन्ने बारेमा भने यकिन सङ्ख्या भने प्राप्त भएको छैन । 

 

इन्डोनेसियाको सुमात्रा द्वीपको प्रख्यात पर्यटकीय स्थल तोबा तालमा गत सोमबार अपराह्न सो डुङ्गा दुर्घटनामा परेको थियो । डुबेका वा बेपत्ता भएका व्यक्तिहरूको खोजी र उद्वारमा मङ्गलबारदेखि सयौँको सङ्ख्यामा रहेका उद्धारकर्मी खटिएका छन् । 

 

तर अब ती हराएका यात्रु जिवीतै उद्वार गर्न सकिने सम्भावना भने निकै नै कम रहेको बताइन्छ । उक्त डुङ्गामा विना टिकट नै यात्रा गरेको प्रहरीले जनाएको छ । डुङ्गा गैरकानूनी भएको बताइएको छ । यसरी लुकिछिपी अवैध डुङ्गाबाट यत्रा गराउने गरेकोले सो क्षेत्रमा यसअघि पनि कैयौँको ज्यान गएको बताइएको थियो । 

 

इन्डोनेसियामा करिब १७ हजार द्वीप रहेका छन् । यस द्वीपमा यातायातको प्रमुख साधनका रूपमा नै डुङ्गा प्रयोग हुने गरेको पाइन्छ । तर यसको यात्रा दिन प्रतिदिन असुरक्षित बन्दै गएको छ । 

 

इन्डोनेसियामा गतहप्ता सुलावेसी द्वीपमा पनि एक डुङ्गा दुर्घटना हुँदा ४० व्यक्ति डुबेका थिए । तीमध्ये एक दर्जनभन्दा बढीको मृत्यु भएको थियो भने केहीलाई जिवीतै उद्वारा पनि गरिएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर