एकाबिहानै जब प्रदेश ७ का मन्त्रीहरु यो अवस्थामा देखा परे 

हिमाल जोशी/कैलाली । प्रदेश ७ का मन्त्रीदेखि मुख्यमन्त्री त्रिलोचन भट्टसम्म बिहीबार योगामा व्यस्त रहे । चौथो अन्तर्राष्ट्रिय योगा दिवसको अवसरमा प्रदेश ७ को सामाजिक विकास मन्त्रालयले आयोजना गरेको योगामा प्रदेशका मुख्यमन्त्रीसहित सबै मन्त्रीहरुले करिब १ घण्टा योगा गरेका हुन् । 

 

उनीहरुले योगगुरुले भने अनुसारका आसनमा योगाअभ्यास गरेका थिए । सामाजिक विकास मन्त्रालयको प्राङ्गणमा आयोजना गरिएको योगा कार्यक्रममा अन्य सर्वसाधारणको पनि उल्लेख्य सहभागिता रहेको थियो । सो अवसरमा मुख्यमन्त्री भट्टले योगालाई जनताको जीवन पद्धती बनाउन योगा अभियान चलाउने बताए ।

 

मुख्यमन्त्री भट्टले खानपिन र रहनसहनका कारण लाग्ने रोग नियन्त्रण गर्न नियमित रूपमा योगा गर्न उपयुक्त हुने धारणा पनि राखे । ‘हामी स्वस्थ भए प्रदेश नै स्वस्थ र समृद्ध बन्ने छ’ मुख्यमन्त्री भट्टले भने–‘आफू पनि योगा गरौं अरूलाई पनि योगा गर्न लगाउ ।’ 


सो अवसरमा सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले योगा अभियान नौ वटै जिल्लामा पुर्याउने लक्ष्य रहेको बताए । योगालाई अभियानका रूपमा सञ्चालन गर्न भर्खरै प्रस्तुत भएर प्रदेश सभाबाट अनुमोदनको प्रक्रियामा रहेको बजेटमा समेत रकम छट्टाइएको उनले बताए ।सामाजिक विकास मन्त्रालयले नयाँ वर्ष २०७५ का अवसरमा पनि मन्त्रालयमा योगा अभ्यास गराएको थियो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर