• आइतबार ८-२-२०७५/Sunday 11-18-2018/ 10:09 pm

तर्क गर्न जान्नु पर्छ !

विष्णु आचार्य दाईले जुत्ता ल्याई दिनु भयो  गोल्डस्टार । भरेदेखि यो जुत्ता लगाएर हिँड्नु पर्छ कमरेड, चप्पलमा त हिँड्नै सकिदैननी । त्यो त मैले हिजो बेलुका नै थाहा पाई सकेकी थिए । नौबिसेबाट मांखा पुग्दा कति ठाउँमा लडियो, चप्प्पल हराएर हैरान । 

रातको अन्धकारमा नौविसेको लामो घरबाट निस्किएका थियौ । बिहान उज्याले हुने बेलामा मात्रै यो घरमा पसेका त हौनी । मैले लगाई हेरे ठिक भयो । ‘हामी बेलुकाको खाना यहि खाएर हिँड्ने हो बहिनी’ क। प्रकाश सेर्पाले भन्नुभयो । बेलुका झमक्क साँझ परे पछि हामी खाना खान तल ओर्लीयौ । अगेनाको छेउमा म बसे । हजुरआमाले दुध ल्याउनु भयो । मैले नखाने भने ।

लेखक

आमाले फर्केर आउदा अमिलो मोही छ हजुरआमा भन्न आइपुगौली नानी ऐले मैले दिएको मिठो दुध नखाने भन्यौ भन्नुभयो । मज्जाले नतातेको दुध मिठो लाग्दैनथ्यो त्यै भएर कस्तो छ कस्तो छ जस्तो लागेर नै नखाएकी थिए । मान्छे नचिन्ने भएपछि हामी बरपिपलबाट निस्कियौ । 

बिहान ताराहरु अस्ताउन लागेका थिए । हामी तौथलीको विष्णुकुमार श्रेष्ठको ढोका ढकढक्याउन पुग्दा ।

ढोका खुल्यो हामी भित्र पस्यौ । दाईहरुले जस्तै मैले पनि नमस्कार गरे । म नयाँ उहाँहरुबाट नै सबै कुरा सिक्नु थियो । दाईहरुलाई माथि लगियो मलाई भने आमाले सरासरि भित्र पट्टि लानु भयो । एउटा चिटिक्क पारेर सजाएको कोठामा । उहाँका छोरीहरु सुतेका थिए सायद । मलाई थकाइ निन्द्रा दुबै लागेको थियो । यहि सुत्नोस नानी भन्नुभयो उहाँले । भोलि उहाँको छोरो पनि पुर्णकालीन बन्दै हुनुहुदोरहेछ क। शन्देश राख्नेरे उहाँको नाम । आमाले निकैबेर कुरा गर्नुभयो । 

नाम चै के होनी नानी रु उहाँले सोध्नुभयो ।  

कल्पान मैले बताए । 

अर्को नाम राखेको छैन ? 

छैन । 

नाम पनि अर्को राख्छन नी नानी । 

त्यो घर भूमिगत पार्टीको पुरानो सेल्टर रहेछ । सायद २०५२ अघि देखिकै हुदो हो ।  त्यहि भएरपो आमालाई नाम अर्को राख्ने कुरा थाहा भयो त नत्र कसरी थाहा हुनु । 
बिहानको खाना खाएपछि विष्णु दाई आउनुभयो । एउटा ठूलो कपि दिनुभयो । यो हस्त लिखित थियो । उहाँले मोदनाथ प्रश्रितको एउटा  पुरै पुस्तक हातले सार्नुभएको रहेछ । पढ्न कतिको मन पर्छ कमरेड उहाँले सोध्नुभयो । 

मन पर्छ, मैले भने । मलाई पढ्न असाध्यै मन पथ्र्यो अहिले पनि फुर्सद पाएमा किताब पढेरै विताउँछु । मैले सानोमा काकाले राखेका कयौ किताब चोरेर पढेकी थिए । स्कुलको बाहेक अरु पढ्दा गाली खाइने डरले म चोरेर किताब पढ्थे । ति सबै किताबहरुमा मान्छे र गरीवीकै बारेमा केही न केही लेखिएका हुन्थे । सबै कुरा त कहाँ बुझ्नु । उहाँले निकै बेर मलाई भूमिगत जीवन शैलीका बारेमा सिकाउनुभयो ।  बहस गर्न जान्नु पर्छ तर्क गर्न जान्नु पर्छ नत्रता पछि परिन्छ । कमरेड तर्क गर्न धेरै अध्ययन चाहिन्छ उहाँले मलाई सिकाएका कुरा हुन यी । आखिर बहस र तर्क गर्न नजानेरै महिला हरु पछि परेका हुन् । अलि कति बोल्न थालेमा बढी बाठी भएकी भन्छन् नबोले घोसे भन्छन् । 

उहाँले अध्यारो सानो कोठा देखाउदै भन्नुभयो यो कोठामा क। सन्तोष १८ दिन सम्म बस्नु भयो । हामीमा धैर्यता पनि हुनुपर्छ जस्तो सुकै कठोर भन्दा कठोर परिस्थितिको पनि सामना गर्नसक्ने क्षमता राख्नुपर्छ । वास्तबमा मलाई उहाँ मेरो बा जस्तै लाग्यो उमेरमा पनि धेरै अन्तर थिएन सायद । जीत्ने तर्क गर्नु पर्छ हार्ने तर्क होइन । अनुशासन नै हाम्रो गहना हो । पार्टीले भनेको सबै काम मान्नु पर्छ यो नै अनुशाशन हो ।

धेरै कुरा उहाँले सिकाउदा म निकै बाठी भए जस्तो लागेको थियो । दुश्मनले अनेक रुपमा हाम्रो पिछा गर्न सक्छ सचेत हुनुपर्छ । चलाख भइएन भने ठूलो क्षति बेहोर्नु पर्छ । आफू मरेर पनि पार्टी बचाउनु पर्छ । उहाँ निकै पुरानो मान्छे हुनुपर्छ जस्तो लाग्यो । बिना प्रश्न कुराहरु सुनिरहेँ ।

खासमा उहाँले भनेका कुरा ठिकै थिए । मानिस चलाख नभए बाँचेर पनि मरे तुल्य नै हुने रहेछ । मतलब चलाख भनेको हरेक क्षेत्रमा हुनु आबश्यक रहेछ । फेरिएको परिस्थिति अनुसार आफूलाई फेर्न नसक्नु पनि चलाख हुन नसक्नु नै हो भन्ने लाग्छ । खासमा जीत्ने तर्क गर्न नसक्नु नै महिलाहरुको कमजोरी हो । अनुशासन र पार्टीको आदेश मात्रै मान्नु महिला कार्यकर्ताको ठूलो भुल थियो ।

त्यसैले नेतृत्वमा विकास हुन नसकेको हो । नेता त अर्काले बनाइदिने कुरो पनि त होइन । आखिर आँगनको बान्दो नै महिलाको लागि सगरमाथा भएको छ । मुख्यत संसदीय राजनीतिमा पार्टी होमिएपछि संसदीय कार्यशैली अपनाउन नसक्नु नै महिलाको कमजोर पक्ष हो । पुरुषले दुनियाँलाई ढाँट्न सके तर महिलाले आफूलाई मात्रै ढाँटे दुनियाँलाई ढाँट्न सकेनन् । यही हो तर्क गर्न नसक्नु भनेको । 

महिलाहरुले म ठिक छु, म स्वतन्त्र छु, पार्टी ठिक छ महान छ । ठिक गरिरहेको छ भनिरहे बाहिर पनि पार्टी भित्र पनि । सर्वहारा अनुशाशन खोजी रहे अनुशाशनको पालना गरिरहे तर टाठाबाठाहरुले बारिेहर एउटा कुरा गरे पार्टीभित्र अर्को कुरा गरे । धाक लगाए घुर्की लगाए बार्गेनिङ गरे । हिजो आन्दोलनका बखत कयौ कार्यकर्ताले श्रीमतीलाई होल टाइमर बनाए ।

छोराछोरीको मायाँ हुदा हुँदै पार्टीको निर्णय सहर्ष स्वीकार गरे । छोरा छोरीको विल्लिबास भयो । आमाहरु पनि रोहि नै रहे । पार्टी खुल्ला भयो जान्ने सुन्ने अघि सरे सर्वहारा पछि परे । खोई जबरजस्त तर्क कहाँ कस्ले कहिले गरे । मात्रै आफ्नो दुनो सोझ्याए सिद्धियो । कसै कसैलाई कहि कहि टिका लाइदिए त्यसैमा मख्ख परे सिंगो महिलाहरुको आन्दोलन र सहभागीताको कुरा भूमिगत भयो । महिला महिलाको बिचमा फाटो पारी दिए आरक्षणको कुरा आयो । फलानी नभएता त्यो कोटामा तेरै भाग आउँछ भनिदिए त्यसैमा मख्ख । सामुहिकतामा शक्ति हुन्छ भन्ने कुरा हरायो । खोई हामीले तर्क गर्न जानेको विष्णु सरको कुराले बेलाबेलामा मलाई झस्काई नै रहन्छ ।  

यो आरक्षण भन्ने कुराले पनि महिलालाई नजाँनिदो हिसाबले पछि पारेको छ । महिला अघि बढेको देख्न नसकनु त दक्षिण एशिया कै रोग हो । बेनिजिर भेट्टो देखि सुजाता कोइरालासम्म अध्ययन गर्दा थाहा हुन्छ दोस्रो पुस्ताले मात्रै नेतृत्व पाएका छन् ।कानुनले बाध्यता पारेका कारण स्थानीय निकायमा धेरै उप मेयर महिला हरुले पाएका छन् तर वडामा खै । अनि पार्टीमा खै त महिला सहभागिता । यहि स्थिति हो भने केहि बर्षमा .........।

कहिलेकाँही कहाली लाग्छ । छोरीको भ्रुण नै हत्या जन्मेकाहरुको बलात्कार पछि हत्या केहही गर्छु भन्नेहरुको चरित्र हत्या । चासो राख्नेहरुको इच्छाहरुको हत्या अनि त कहाँ हुन्छ मुक्ति । म एउटा तर्क अघि सार्छु  महिलाहरुले गरेका श्रमको उचित मुल्याङकन गर्ने र पारिश्रमिक सरकारले दिनुपर्ने कानुनी व्यवस्था गर्नु पर्छ । खासमा महिलालाई कसैले पालेको होइन उस्ले गरेको श्रमको उचित मुल्याँङन नभएको हो । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

यसकारण ओली सरकारले काम गर्न सकेन

  • २ मङ्सिर, २०७५

मन्त्री पद पाएपछि जीवनको अन्तिम लक्ष्यमा नै पुगे भन्ने ठान्ने मान्छे, मन्त्रीपदमा पुग्नु पनि देश विकासको बाधक हो । काम नगर्ने हल्ला गर्ने मन्त्री भए

छिमेकीको गोटी बन्दा श्रीलङ्कामा संकट

  • १ मङ्सिर, २०७५

कतिपय निर्णयमा सामान्य मतभेद भएपछि शुरु भएको श्रीलङ्काको राजनीतिक सङ्कट अहिले अझ जटिल बन्दै गएको छ । राज्यका प्रमुख शक्ति केन्द्रमध्ये संसद् र अदालत

मदनले माओलाई औंला ठड्याएपछि......

  • २८ कार्तिक, २०७५

(स्वर्गको थिएटर कक्ष । आज नेपाल सम्बन्धी बहस मञ्चन हुने भएकोले हल खचाखच भरिएको छ । दर्शक दीर्घामा सबैका आकर्षण थिए—कार्ल माक्र्स, एंगेल्स् । उनीहरु