• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

मकवानपुरमा ३९ करोडको दुध उत्पादन

हेटौंडा ।  मकवानपुरमा रहेका दुग्ध उत्पादक सहकारी संस्थाहरुले १० महिनाको अवधिमा ३९ करोड बराबरको दुध किसानबाट खरिद गरेको छ । 

 

चालु आर्थिक वर्ष २०७४-०७५ को बैशाखसम्म सहकारीले ३९ करोड ५५ लाख ७७ हजार रुपैयाँको दुध खरिद गरेको हो । सहकारीले खरिद गरेको दुध अधिकांश ग्रामीण क्षेत्रको हो । सहकारी मार्फत १० महिनामा ६९ लाख ९२ हजार ८ सय लिटर दूध संकलन गरी विभिन्न संस्थामा पठाएको संघले जनाएको छ । 

 

संघका व्यवस्थापक कुमारमणि दाहालका अनुसार यसवर्ष जिल्लामा मिल्क होलिडे भएको छैन । संघले मिल्क होलिडेलाई हटाउन सहकारी मार्फत दूध संकलन गरी विभिन्न संस्थाहरुमा वितरण गर्ने गरेको छ । संघले सहकारी मार्फत गतवर्ष ७४ लाख लिटर दूध संकलन गरी दूग्ध वितरण संस्थामा पठाएको थियो । 

 

यस्तै, संघले गतवर्ष कूल ४३ करोड १६ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार गरेको उल्लेख गरेको छ । जिल्ला दुग्ध उत्पादक सहकारी संघले ४६ करोड ८५ लाख ८३ हजार रुपैयाँ कूल कारोबार गर्ने लक्ष्य लिएकोमा १० महिनामा नै लक्ष्य भन्दा ३ करोड रुपैयाँ बराबरको बढी कारोबार गरको देखिन्छ । 

 

जेठ र असार महिनामा १२ करोड रुपैयाँ अझै थप हुने संघका व्यवस्थापक दाहालले बताए । संघले यसवर्ष ४९ करोड ६५ लाख ३८ हजार रुपैयाँ कूल कारोबार गरेको देखिन्छ । जसमा संघले ४० करोड ४० लाख ५९ हजार रुपैयाँ आम्दानी गरेको र ४० करोड ३४ लाख रुपैयाँ खर्च गरेको देखिन्छ । 

 

संघमा यसवर्ष हालसम्म ६ लाख ४९ हजार रुपैयाँ कूल बचत भएको छ । जिल्लाका ५५ वटा सहकारी संस्था मार्फत संकलन भएको दूध हेटौंडाको दुग्ध वितरण आयोजना, हेटौंडा डेरी, काठमाडौं र पोखरामा वितरण भईरहेको छ । जिल्लाका ३९ वटा दुग्ध उत्पादक सहकारी संस्थामा ३९ वटा मिल्क एनालाईजर सञ्चालनमा रहेका छन् ।

 

किसानले प्रतिलिटर ४५ देखि ६० रुपैयाँ सम्ममा दुध विक्री गर्ने गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर