• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

‘विशेष रक्सी’ जस्तै रोनाल्डो ! 

एजेन्सी । ‘उनी पोर्ट वाइन जस्ता छन् । उनलाई थाहा छ कसरी क्षमता बिस्तार गर्ने र उनका लागि यो उपयुक्त समय छ’ रोनाल्डो प्रशंसा गर्दै पोर्चुगलका प्रशिक्षक फार्नान्डो सान्तोसले भने । 

 

बुधबार मोरक्कोविरुद्ध क्रिष्टियानो रोनाल्डोको गोलमा पार्चुगल विजयी भएपछि प्रशिक्षक सान्तोसले प्रशंसा गर्दै उक्त कुरा भनेका हुन् ।

 

३३ वर्षीय रियल मड्रिडका स्ट्राइकर रोनाल्डोले जारी विश्वकपको दुई खेलमा ४ गोल गरिसकेका छन् । जहाँ स्पेनलाई बराबरीमा रोक्न उनले अन्तिम मिनेटमा ह्याट्रिक समेत गरेका थिए ।
रोनाल्डो आफ्नो करियरका सुरुवात कठिन घडीबाट गरेका थिए । उनी पहिला लिस्वनमा क्लबमा गए । त्यसपछि म्यानचेष्टर युनाइटेमा आबद्ध भएका थिए । अहिले उनी रियल मड्रिडमा छन् । उनले क्लब र देश दुबैबाट सनसनी मच्चाइरेका छन् ।

 

‘उनी लगातार अन्य खेलाडीको विपरीत र विरोधाभासरुपमा विकसित भइरहेका छन्’ सान्तोसले भने ‘उनले आफैंले आफैंलाई राम्रोसँग चिनेका छन् । के गर्नुपर्छ त्यो पनि उनलाई राम्रोसँग थाहा छ ।’

 

जारी विश्वकपमा आफ्नो प्रर्दशनबारे रोनाल्डो आफैं पनि खुसी छन् । ‘म धेरै खुसी छु । गोल पनि गरिरहेको छु । यो मेरा लागि महान् कुरा हो । हाम्रो लक्ष्य पनि राम्रो गर्ने र अर्को चरण पुग्ने भन्ने नै छ ।’

 

आफ्नो देशबाट १ सय ५२ क्याप खेलेका रोनाल्डोले ८५ गोल गरिसकेका छन् । २९ असिस्ट, ५ पटक बालोन डिअर अवार्ड जितेका छन् भने एक पटक युरोकप च्याम्पियन उपलब्धि दिलाएका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर