• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

‘भाले’ डन पक्राउ 

काठमाडौं ।  ठेमल क्षेत्रमा गुण्डागर्दी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानरीय प्रहरी वृत लैनचौरबाट खटिएको प्रहरीले गुण्डागर्दी तथा अवैध असुली गर्ने भाले भनिने दिनेश लामालाई पक्राउ गरेको हो । 

 

उनलाई वृत लैनचौरले गत मंगलबार पक्राउ गरेको हो । उनले ठमेल तथा आसपासका क्षेत्रमा स्थानीय तथा व्यवसायीलाई धम्की दिने, अवैध असुली गर्ने, गुण्डागर्दी गर्ने गरेको प्रहरीले जनाएको छ । 

 

काठमाडौं–२६ ठमेल बस्ने २९ वर्षीय ‘भाले’ दोलखा भिमेश्वर नगरपालिका–१ का स्थानीय बासिन्दा हुन् । पक्राउ परेका ‘भाले’ लाई सार्वजनिक अपराधमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर