• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

सुन तस्करी प्रकरण : व्यापारी पोद्दारको अपार्टमेन्टमा छापा

काठमाडौं । प्रहरीले सुन तस्करी र हुण्डी कारोबारमा संग्लन भएको आरोपमा व्यवसायी विमल पोद्दारको अपार्टमेन्टमा प्रहरीले छापा मारेको छ । सुन तस्करीको छानविन गरिरहेको सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले पोद्दारको अपार्टमेन्टमा छापा मारेको हो । 

 

पोद्दारलाई प्रहरीले गत मंगलबार नै पक्राउ गरिसकेको छ । उनलाई कालिमाटी प्रहरी हिरासतमा राखिएको छ ।  

प्रहरीका अनुसार पोद्दारले प्रहरीमाथि पनि दुव्र्यवहार गरेका थिए । पोद्दारमाथि कालीमाटी प्रहरीले पनि सार्वजनिक अपराध ऐनमा मुद्दा चलाएको छ । अनुसन्धानकै क्रममा भएकाले उनीबारे अहिले केही भन्न नमिल्ने प्रहरीले कालिमाटी वृतका डिएसपी प्रदिप क्षेत्रीले बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर