प्रदेशसभा सदस्यद्धारा सभामुखमार्फत सरकारको ध्यानाकर्षण  

मकवानपुर । प्रदेश नम्बर ३ को विनियोजन विधेयकमा योजनाहरूको सूची समावेश नगरी व्यय अनुमानको विवरण मात्रै समावेश गरेको भन्दै प्रमुख विपक्षी दल कांग्रेसले छलफल रोकेको छ । 

 

बुधबार कांग्रेसका प्रदेश सभा सदस्यद्धारा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएको थियो । सरकारले असार १ गते प्रस्तुत गरेको राजस्व तथा व्ययको अनुमान (बजेट) माथिको छलफल सकिएर विनियोजन विधेयक प्रस्तुत हु“दा समेत योजनाको सूची नल्याएको तथा शिर्षकसहित बजेट समावेश नभएको भन्दै छलफल रोकेको हो । उक्त छलफल अब असार ११ गते हुने बताइएको छ । 

 

यस्तै आज नै आर्थिक मामिला मन्त्री कैलाश ढुड्डेलले प्रदेश नम्बर ३ को कर तथा  गैर कर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ लाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव गरेका थिए । 

 

उक्त प्रस्ताव नेपाली कांग्रेसका प्रदेश सभा सदस्यले नियमापत्ति गरेता पनि पास भएको छ । नेपाली कांग्रेसका प्रदेश सभा सदस्य  प्रभात तामाङले कर तथा  गैर कर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०७५ मा भएको संसोधन प्रस्ताव प्रदेश सभा सदस्यलाई उपलब्ध नगराई समितिमा लैजान नमिल्ने भन्दै नियमापत्ति जनाएका थिए । तर उक्त नियमापत्ति प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले समितिमा लैजाने भएकोले दफवार छलफल हुने भन्दै पास ÷फेलका लागि प्रदेश सभामा पेश गरेपछि बहुमतले समितिमा लैजाने प्रस्ताव पास भएको हो । यस्तै ३ नम्बर प्रदेशको कार्यव्यवस्था परामर्श समितिको बैठक आज दिउ“सो ३ बजे बसेको छ । 

 

उक्त बैठकमा का्रग्रेस संसदीय दलका नेता इन्द्र वानिया“ सहित समितिका अन्य सदस्यहरुको उपस्थिती रहेको थियो । वैठकमा विनियोजन विधेयकको शिर्षक सहित बजेट किन नल्याएको भन्ने विषय र नियमापत्ति हु“दा हु“दै पनि समितिमा प्रस्ताव लगिएको विषयमा छलफल भएको कांग्रेसका एक प्रदेश सभा सदस्यले जानकारी दिएका छन ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर