• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

जापानमा मनाइयो तीज कार्यक्रम 

संगीता कुंवर /जापान । महिलाहरूको महान पर्व हरितालिका तीज नजिकिएसंगै प्रवासमा पनि तिजका विभिन्न कार्यक्रम आयोजना हुने क्रम बढेको छ । यसै क्रममा जापानको टोकियोमा रूपन्देही समाज जापानले कृष्ण जन्माष्टकमीको दिन आइतबार तीज कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा रूपन्देही जिल्ला लगायत देशका विभिन्न स्थानबाट आएर जापानमा बसोबास गर्दै आएका दुई सय भन्दा धेरै नेपालीहरुको सहभागिता थियो । टोकियोको सिनओकुबो स्थित टोक्यो रोधी क्लबमा सम्पन्न उक्त कार्यक्रममा जापानमा नै कार्यरत कलाकारहरू सूर्य खड्का, शान्ता जि सी, प्रेम कुमार बस्नेत तथा चेतन घर्ती मगरले गीत संगीत प्रस्तुत गरे ।

आफ्नो व्यस्त समय र निरन्तरको कामको बाबजुद उक्त कार्यक्रममा दर सहित दुःख बेदना बिसाएर छमछमी नाच्न पाउँदा चेलीबेटीहरू उत्साहित देखिन्थे ।

कार्यक्रमलाई जापानबासी नेपाली व्यवसायी, सुवेच्छुक तथा रूपन्देही घर भइ जापानमा काम गर्दै आएका विभिन्न व्यक्तित्वहरूले आर्थिक लगायतका सहयोग गरेका थिए ।

तीजको अवसर पारी रुपन्देही समाज जापानले प्रत्येक वर्ष यस प्रकारको कार्यक्रम आयोजना गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर