• २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024

योगका १० फाइदा, जसलाई विज्ञानले पनि मान्छ

काठमाडौं । योग शब्दको उत्पति संस्कृत भाषाको ‘युज’ शब्दबाट भएको मानिन्छ, जसको अर्थ हुन्छ ‘जोड्नु’ । तन र मनलाई जोडेर नै योग हुन्छ । शारीरिक, मानसिक र आध्यात्मिक अभ्यासको समूहलाई नै योग भनिन्छ । योग अन्तरगत श्वासन व्यायाम, ध्यान र विभिन्न प्रकारका आसन गरिन्छ । नियमित रुपले योग अभ्यास गर्नाले मानसिक तथा शारीरिक रुपले थुप्रै लाभ मिल्छ, जसलाई विज्ञानले पनि मानेको छ । जन्नुहोस् योगका १० फाइदा बारे । 

१. तनाव कम गर्छ – योगले तनाव क मगर्ने र शरीरलाई आराम दिन्छ । योगले कोटिसोल(तनाव हर्मोन)को प्रवाहलाइृ कम गर्न सक्ने धेरै अध्ययनबाट पत्ता लागेको छ । 

२. चिन्तामुक्त गर्छ – धेरै अध्ययनले योगले चिन्ता कम गर्न मद्दत गर्न सक्ने बताएको छ । एक अध्ययनअनुसार, तनाव, चिन्ता कम गर्नका लागि ३४ महिलाले दुई महिनाका लागि योग कक्षा लिए । दुई महिनापछि उनीहरुमा चिन्ता कम भएको पाइयो । 

३. शरीर सुन्निन कम हुन्छ – योग अभ्यासले शरीर सुन्निने समस्यालाई पनि क मगर्न सकिन्छ । मांसपेशी सुन्निनु उक सामान्य प्रतिरक्षा प्रतिक्रिया हो, तर यसले क्रोनिक इन्फ्लामेशन प्रो–इन्फ्लेमेटरी रोग जस्तै, मुटु रोग, मधुमेह र क्यान्सरको विकासमा योगदान पुर्याउन सक्छ । त्यसैले योगको माध्यमबाट इन्फ्लामेशन अर्थान् सुन्निने समस्यालाई कम गरेर यी रोगबाट छुटकारा पाउन सकिन्छ । 

४. स्वस्थ्य मुटु – योगले मुटृको स्वास्थ्यमा सुधार गरेर मुटुसँग सम्बन्धित रोगका धेरै जोखिमका कारकलाई कम गर्नमा मद्दत गर्न सक्छ । 

५. शरीरलाई लचिलो बनाउँछ – शरीरलाई लचिलो र सुन्तुलित राख्नका लागि दैनिक योग गर्नुपर्छ । हालै एक विश्वविद्यालयका २६ पुरुष धावकलाई योगको १० हप्ते प्रयोग अध्ययन गरियो । सामान्य व्यक्तिको तुलनमा योग गर्ने पुरुषमा लचिलोपन र सन्तुलन बढी पाइएको थियो । 

६. पाचन शक्ति बलियो बनाउँछ – अल्सर, कब्ज्यितका कारण तनाव हुन्छ । यदी तपाई तनावलाई कम गर्नुहुन्छ भने तपाईले यी सबै समस्याबाट छुटकारा पाउन सक्नुहुनछ । योगले कब्ज्यतलाई कम गर्छ र सैद्धान्तिक रुपले कोलन क्यान्सरको खतरालाई पनि कम गर्छ । 

७. शरीरलाई ऊर्जा दिन्छ – नियमित योग गर्नाले शरीर लचिलो बन्नका साथै ऊर्जा पनि प्रदान गर्छ । योगमा एक विशेष आसन छ, जसले शक्ति बढाउने र मांसपेशीको निर्माण गर्नका लागि डिजाइन गरिएको छ । 

८. राम्रो निन्द्रा – दैनिक योग अभ्यासले राम्रो निन्दा लाग्नमा मद्दत मिल्छ । सन् २००५ मा गरिएको एक अध्ययनमा निन्द्रामा समस्या भएका ६९ वृद्धवृद्धालाई योगको अभ्यास गर्न लगाइयो । जसपछि उनीहरुलाई राम्रो निन्द्रा लागको थियो । 

९. शारीरिक दुखाई टाढा हुन्छ – पुरानो घाउबाट लाखौँ मानिस प्रभावित छन् । दुर्घटनामा लागेको चेट र जोर्नी दुख्ने आदि समस्याका कारण जिन्दगीभर दुखाई सहँदै बाच्नुपर्ने हुन्छ । अध्ययनका अनुसार, योग अभ्यासले थुप्रै प्रकारका पुरानो घाउ वा दुखाईलाई कम गर्न मद्दत मिल्छ । 

१०. खुशीयाली जीवन – योगले धेरै व्यक्तिको जीवनको गुणात्मकतामा सुधार गरेर एक सहायक चिकित्सको रुपमा फैलिरहेको छ । एक अध्ययनमा, एक सय ३५ वरिष्ठ नागरिकलाई ६ महिनाका लागि योग गराइयो । जसको आश्चार्यजनक परिणाम आएको थियो । योगाभ्यासबाट जीवनको गुणस्तरमा सुधार भयो साथै चिन्ता तथा थकान पनि कम आएको अध्ययनमा पत्ता लागको थियो । एजेन्सीबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर