• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

पदमा रहँदै बच्चा जन्माइन् न्युजल्याण्डकी प्रधानमन्त्री जासिन्दा आर्डेनले

औक्ल्याण्ड । न्युजल्याण्डकी प्रधानमन्त्री जासिन्दा आर्डेनले बिहीबार नवशिशुलाई जन्म दिएकी छिन् । उनलाई पुत्रीलाभ भएको छ । 

प्रधानमन्त्री भएकै बेला सन्तान जन्माउनेमा उनी विश्वको दोस्रो महिला प्रधानमन्त्री भएका छन् । उनको यो पहिलो सन्तान हो । प्रधानमन्त्री आर्डेन अहिले ३७ बर्षकी छिन् भने उनका श्रीमान् क्लार्क गायफोर्ड ४० बर्षका छन् । 

 

उनीहरुले जन्माएको बच्चाको तौल ३.३ किलोग्राम रहेको अस्पतालका अधिकारीहरूले जानकारी दिएका छन् । ‘निश्चय नै बाबुआमा हुदाँ सिर्जना हुने उत्साह हामीले अहिले महसुस गरेका छौं, तर यही बेला हामीप्रति शभेच्छा प्रकट गर्ने हाम्रा आफन्तजन तथा शुभेच्छुकहरुप्रति पनि हामी कृतज्ञ छौ,’ आर्डेनले भनेकी छिन् । 

 

उनले सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत् आफ्नो बच्चा स्वस्थ रहेको र राम्रो भइरहेको बताएकी छन् । ‘राम्रो सेवा प्रदान गरेकोमा हामीले औकल्याण्ड सिटी अस्पतालको टोलीलाई विषेश धन्यवाद दिन चहान्छौं,’ उनले भनिन् । 

 

आर्डेन र गायफोर्डले आफ्नो बच्चाको लैङ्गिक पहिचान पहिले नै थाहा पाएको भएपनि गोप्य राख्ने निर्णय गरेका थिए । उनी गत अक्टोबरमा प्रधानमन्त्री भएकी थिइन् भने गर्भवती भएपछि उनी पदीय जिम्मेवारीमा निश्क्रिय रहेकी थिइन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर