• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

अष्ट्रेलिया र डेनमार्कबीचको खेल बराबरीमा सकियो

काठमाडौं । रुस विश्वकपअन्तर्गत समूहगत चरणको आफ्नो दोस्रो खेलमा अस्ट्रेलिया र डेनमार्कबीचको बराबरीमा सकिएको छ । 

 

डेनमार्कका लागि  क्रिस्टियन एरिक्सनले ७ मिनेटमा गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । निकोलाई जर्गेन्सनको क्रसमा एरिक्सनले गोल गरेका थिए ।

 

डेनमार्कका खेलाडीले पेनाल्टी डिएरीयामा हेण्ड गरेपछि अष्ट्रेलियाले पेनाल्टी माएको थियो । अस्ट्रेलियाले ३८ औं मिनेटमा पेनाल्टी पाएको थियो । कप्तान माइल जेडानिकले पेनाल्टी सदुपयोग गरे।

समूह ‘सी’ अन्तर्गत पहिलो खेलमा अस्ट्रेलियाले फ्रान्ससँग २–१ गोलले हार ब्यहोरेको थियो भने डेनमार्कले पेरुलाई १–० गोलले पराजित गरेको थियो । योसँगै डेनमार्क ४ अंक जोड्न सफल भएको छ भने अष्ट्रेलियाको मात्र १ अंक भएको छ  ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर