• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

जापानमा अन्तराष्ट्रिय नेपाली हाईकु महोत्सव

टोकियो । जापानमा अन्तराष्ट्रिय नेपाली हाईकु महोत्सव हुने भएको छ । सेप्टेम्बर ३० अर्थात असोज १४ गते आईतबार टोकियोको शिन–ओकुबोस्थित नेपाली मुरा हलमा हाईकु महोत्सव हुन लागेको हो । महोत्सवको आयोजना अन्तराष्ट्रिय नेपाली साहित्य समाज ९ अनेसास ० जापान च्याप्टर र नेपाल हाइकु केन्द्रको संयुक्त रुपमा गरेको  नेपाल हाइकु केन्द्रका अध्यक्ष रामकुमार पाँडेले बताए ।  

हाइकुको उदगम थलो मानिने जापानमा यसपटक हाईकु महोत्सवमा जापानका चर्चित हाइकु कविहरु साथै युरोप, अमेरिका, नेपाल बाट पनि नेपाली हाइकु लेखनमा सक्रिय कविहरुको उपस्थित हुने जनाइएको छ । हाईकु महोत्सवको लागी प्रकाश माइला संयोजन र दिप पाठक सह(संयोजक रहेको मुल आयोजक समिती गठन गरीएको छ। 

नेपालसहित विश्वभरिका हाइकु लेखकलाई हामीले निम्त्याइसकेका छौं ।’ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ९अनेसास० का वरिस्ठ उपाध्यक्ष समेत रहेका कार्यक्रम संयोजक प्रकाश पौडेल ‘माइला’ले । नेपाली हाइकु कवि र जापानी हाइकु कविको बिचमा सम्बन्ध स्थापना गरी हाइकुको माध्यमबाट नेपालमा साहित्यिक पर्यटक भित्र्याउने उदेश्यले पनि कार्यक्रमको आयोजना गर्न लागीएको हो ।

१३ वर्षदेखि जापानलाई कर्मभुमी बनाएका प्रकाश पौडेल ुमाइलाु नेपाली हाइकुका विकासकर्ता एबम खोजकर्ता समेत हुन् । पौडेलको नेतृत्वमा नेपाली हाइकु म्यागेजिन तथा अनलाइन सामग्री नियमित प्रकाशन हुँदै आएको छ । हालै मात्र उनले रामकुमार पाडे सँग मिलेर ुहजार हाइकुु बजारमा ल्याएका छन् । 

साहित्यकार शंकर लामिछानेले बि। स। २०१९ सालमा जापानबाट नेपालमा हाइकु भित्र्याएका हुन । हाल नेपालमा हाइकु लेखिने र लोकप्रियता चुलिने क्रम बाक्लो छ । ‘अन्तराष्ट्रिय नेपाली हाइकु महोत्सव २०१८ जापानमा आयोजना हुनुलाई नेपाल र जापान बिचमा अब साहित्यको माध्यमबाट नया सम्बन्ध बिकसित हुने आकलन गर्न सक्छौ ।’ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरका अध्यक्ष दीप पाठकले भने, ‘यसबाट नेपाली साहित्यलाई अन्तराष्ट्रिकरण गर्ने सुरुबात जापानबाट हुनेछ’ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर