• आइतबार ८-२-२०७५/Sunday 11-18-2018/ 10:10 pm

समकालीन नेपाली रङ्गमञ्च

नाटक ‘जिउँदो आकाश’ को एक दृश्य

दृश्य र श्रव्य गरी साहित्यलाई मोटामोटी दुई भागमा विभाजन गरेर अध्ययन गर्न सकिन्छ । श्रव्य साहित्यमा भावकले सुनेर या पढेर आनन्द लिन सक्छ । कुनै स्रष्टाले लेखेको रचना प्रकाशित भइसकेपछि पाठक एक्लैले त्यसको भाव ग्रहण गर्ने सामथ्र्य यसमा रहन्छ । तर, दृश्य साहित्यमा सुनेर र देखेर दुवै रुपमा आनन्द लिन सकिन्छ । 

विभिन्न जीवन भोगाइका रंगहरु, कविता, कथा, निबन्ध, चिठीपत्रजस्ता श्रव्य साहित्यलाई पनि समाहित गर्ने भएर नै यसको नाम रंगमञ्च रहन गएको हो । यो सामूहिक कर्म पनि हो । यसले दर्शकलाई पार्ने प्रभाव दूरगामी हुन्छ, त्यसैले यसलाई साहित्यको सर्वाधिक लोकप्रिय विधाको रुपमा प्राचीनकालदेखि नै स्वीकार गर्दै आएको पाइन्छ ।

यसमा नाटककारले लेखेको नाटकलाई निर्देशकले छानेर, त्यसमा परिकल्पनाको प्रयोग गरी, पात्र चयन गर्दै पूर्भाभ्यास गरिसकेपछि दर्शकलाई निश्चित प्रेक्षालयमा राखेर दृश्यावलोकन गराइन्छ । दर्शकले पात्रले बोलेका कुरा मात्र नभई उसका हाउभाउ, कटाक्ष, घटनाको परिस्थिति सबै कुराको मनन गर्दै आनन्द लिने मौका यसमा हुन्छ । कलाकार र दर्शकबीचको निकट सम्बन्ध स्थापित हुन्छ । पात्रको पसिना, उसको संघर्ष, मिलनविछोड आदिमा दर्शकले आफूमा रुपान्तरण गर्न सक्छ । प्रकाश–ध्वनि, मञ्चसज्जा आदिको संयोजनले जीवन्तता सिर्जना गर्दछ । 

विभिन्न जीवन भोगाइका रंगहरु, कविता, कथा, निबन्ध, चिठीपत्रजस्ता श्रव्य साहित्यलाई पनि समाहित गर्ने भएर नै यसको नाम रंगमञ्च रहन गएको हो । यो सामूहिक कर्म पनि हो । यसले दर्शकलाई पार्ने प्रभाव दूरगामी हुन्छ, त्यसैले यसलाई साहित्यको सर्वाधिक लोकप्रिय विधाको रुपमा प्राचीनकालदेखि नै स्वीकार गर्दै आएको पाइन्छ ।

लेखक

नाटकको सुरुवात भगवान्का पालादेखि नै भएको विश्वास छ । प्रमाणित इतिहासलाई लिने हो भने लिच्छविकालमा नाटकका प्रारूप मात्रै भेटिएको जानकारी इतिहासविद् बताउँछन् । तर, अझै अनुसन्धान गर्नुपर्ने भनाइ पनि उनीहरूको छ । त्यतिवेला बनेका डबली, नृत्यअभिनयका मूर्ति तथा चित्रले त्यसवेला पनि नाट्य गतिविधिहरू भएको अनुमान गर्न सकिन्छ । मल्लकालमा त राजामहाराजहरू स्वयं नाटक लेख्ने र खेल्ने गरेका तथ्यहरू रहेका छन् । धार्मिक तथा मनोरञ्जनको रूपमा नाट्य गतिविधहरू सञ्चालनमा आएको देखिन्छ ।  शाहकाल तथा राणाकालमा छापा माध्यमबाट पनि नाटकहरू प्रकाशनमा आए । मोतिराम भट्ट, शम्भुप्रसाद ढुङ्गेलले नाटकहरू लेखे । 

रत्नदास प्रकाश, बेखानारायण महर्जनजस्ता कलाकारहरू उदाए । डम्बर शमशेर कोलकाता जाँदा पारसी थिएटरबाट प्रभावित भए । उनले आफ्नै दरबारमा पनि थिएटर बनाउन लगाए । सांस्कृतिक महत्त्वबाहेक अन्य परम्परामा जनस्तरमा पनि यसको उपयोग भयो तर नाट्य चेतनाले भरिएका कर्महरू सीमित भए । थुप्रै नाटकहरू मञ्चन भए । आमोद–प्रमोदका रूपमा दरबारमा नाटक मञ्चन भए । राणाकालीन समयको उत्तर्राद्धमा नाट्य सम्राट बालकृष्ण समको आगमन भयो, जसले नेपाली नाटक परम्परामा आमूल परिवर्तन गरिदियो ।

प्रजातन्त्रपश्चात् एकेडेमी, नाचघरजस्ता सरकारी मातहतमा नाट्यशाला निर्माण भए । त्यसपछि जनताले नाटकको स्वाद पाउन सके । ३० को दशक फलदायी रह्यो । निजीस्तरमा खुलेका सर्वनाम, आरोहण, मिनापलगायतका नाट्य समूहले हलचल मच्चाइदिए । त्यसपछि राष्ट्रिय ढुकुटीबाट चलेका नाट्यगृह खासै चलमलाएको देखिएन । 

यतिखेर कान्तिपुर खाल्डोभित्र र बाहिर नेपाली रङ्गमञ्च अलि बढी सलबलाएको देखिन्छ । सिनेमाघरमा जस्तै नियमित नाट्य मञ्चन भइरहेका छन् । नियमित नाटकीय गतिविधि पनि सञ्चालन भइरहेका छन् । दर्शकले छानी छानी नाटकघरमा पुगेर नाटक हेरिरहेको पाउन सकिन्छ । यसको श्रेय आरोहण गुरुकुललाई जान्छ । निजी स्तरमा खुलेका नाटक समूहले गुरुकुलकै अवधारणालाई आत्मसाथ गर्दे समयानुकूल आफूलाई रुपान्तरण गर्दै अगाडि बढिरहेका छन् । 

०५९ सालमा आरोहणले नाट्य स्कुलको रूपमा गुरुकुल स्थापना गरेर नियमित नाटक मञ्चनको शृंखला सुरु ग¥यो । यसले नेपाली रङ्गमञ्चीय परम्परामा कोसे ढुङ्गाको रूपमा काम ग¥यो । यो समूहले रङ्गमञ्चमा व्यवसायिक धरातलको स्वरूप स्थापना ग¥यो ।

सरकारी मातहतमा सञ्चालित राष्ट्रिय नाचघर, संगीत नाट्य एकेडेमी र प्रज्ञा प्रतिष्ठानजस्ता निकायले रङ्गमञ्चको विकासको लागि कति काम गरेका छन् स्पष्ट देखिन्छ । करोडौँको बजेट कसरी उपयोग भएको छ, त्यसको कुनै लेखाजोखा छैन । फाट्टफुट्ट कहिलेकाहीँ झारा टालेझैँ काम हुन्छ । केही अल्छी सरकारी कर्मचारीझैँ कलाकार मस्तीको जिन्दगी बिताइरहेका छन् । मस्त तरिकाले आराम गर्ने यो बानी कहिलेसम्म हुने हो थाहा भएन । बरु संस्थागत खोलिएका गुरुकुल, सर्वनाम, मिनापले नेपाली रङ्गमञ्चीय परम्परालाई बलियो बनाए । अझ गुरुकुलको स्थापनाले नयाँ सम्भावनाको उभार खोलिदियो ।

नियमित नाटक मञ्चन गर्ने परम्परा स्थापित गरिदियो । रङ्गमञ्चले भूगोल, भाषा, सम्प्रदाय सबै चिर्छ र सबैको बन्छ । संसारका रङ्गकर्मीलाई भाइचाराको सम्बन्धमा बलियो बनाउँछ । संस्कृतिको आदानप्रदान हुन्छ । यो अभियानको सुरुवात आरोहण गुरुकुलले गर्यो ।

रङ्गकर्मको लागि त अभावसँग, दुःखसँग जुझ्न सक्ने क्षमतावान् व्यक्ति चाहिन्छ । धैर्यधारण गरी अनवरत् रूपमा अगाडि बढ्न सक्ने आँट चाहिन्छ ।

परिणामस्वरूप ६० को दशक नाट्य क्षेत्रमा उर्वर रह्यो । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका नाटक महोत्सव सञ्चालनमा आए । यस कालखण्डमा थुप्रै तालिम प्राप्त रङ्गकर्मीको प्रवेश भयो । उनीहरूले आफूले विभिन्न देशबाट लिएको ज्ञानलाई उपयोग गर्न थाले । यसले नयाँ–नयाँ शैलीको आदानप्रदानमा सहज बनायो । अनि दर्शकलाई पनि नाटकको फरक–फरक स्वाद पाउन सम्भव भयो । 

चानचुन साहसले रङ्गकर्म गरिँदैन । सुखसयलमा रमाउन खोज्नेहरू यस क्षेत्रमा पाइला टेक्नै सक्दैनन् । रङ्गकर्मको लागि त अभावसँग, दुःखसँग जुझ्न सक्ने क्षमतावान् व्यक्ति चाहिन्छ । धैर्यधारण गरी अनवरत् रूपमा अगाडि बढ्न सक्ने आँट चाहिन्छ । आजकल केही युवा रङ्ककर्मी जोशजाँगर बोकेर अगाडि बढेका छन् । रङ्गकर्ममा स्वच्छ प्रतिस्पर्धात्मक वातावरण सिर्जना भएको छ । 

नाटकघरमा नाटकका अलावा अन्य साहित्यिक कार्यक्रम सञ्चालनमा आएका छन् । त्यतिमात्र होइन, सिनेकर्मीको जमघटको थलो पनि बनेको छ । रङ्गकर्मीबीच एकआपसमा भाइचाराको सम्बन्ध विकसित भएको छ । एउटा नाटकघर र अर्को नाटकघरमा फरकफरक दिन बिदा पारेर एक अर्काको नाटक हेर्न जाने परम्परा बसेको छ । एउटा नाटकघरले अर्को नाटकघरको विज्ञापन गरिरहेका छन् । साँच्चै भन्ने हो भने यसले रङ्गकर्मीको एक किसिमको भावनात्मक सम्बन्धलाई मजबुत बनाएको छ ।

कला त कलै हो चाहे त्यो काँचको पर्दामा देखिएको होस् या दर्शकको अघिल्तिर । रङ्गमञ्चको आफ्नै खालको महत्त्व छ । दर्शकसँग सिनेमाका कलाकारको सम्बन्ध परोक्ष रहेको हुन्छ भने रङ्गमञ्चका कलाकारहरूको सम्बन्ध प्रत्यक्ष रहेको हुन्छ । रङ्गमञ्चमा उत्रेका कलाकारका हाउभाउ, कटाक्ष जीवन्त हुन्छन् ।

बरु रङ्गमञ्च पढाउने गुरुले नाटकको स्वाद लिन नभ्याउनुभएको होला तर एकचोटि नाटकको स्वाद पाइसकेका विद्यार्थी खोजी खोजी नाटक हेर्न धाएको देख्न सकिन्छ । यसलाई निरन्तरता दिनु अपरिहार्य छ । पक्कै पनि यो स्थिति नेपाली रङ्गमञ्चको अहिलेको यात्रा सुखदायी र ऐतिहासिक हुने विश्वास लिन सकिन्छ । 

कतिपय त रङ्गमञ्चलाई फिल्मतिर चढ्ने भ¥याङ्गको रूपमा उपयोग गर्ने अभिप्रायमा प्रवेश गरेका देखिन्छन् । तर, यसले पनि अन्तत्वगोत्वा नेपाली रङ्गमञ्चलाई नै फाइदा पु¥याइरहेको छ । केही समय फिल्मको भूत लागे पनि उनीहरूले सन्तुष्टिको सास रङ्गमञ्चमै फेर्न सक्छन् । त्यसैले त टेरिन्स म्यान भन्छन्, फिल्मले चर्चित बनाउँछ, टेलिभिजनले धनी बनाउँछ तर रङ्गमञ्चले असल बनाउँछ । फिल्ममा लागे पनि उनीहरू रङ्गमञ्चमा फर्किहाल्छन् । 

सर्वनाम, आरोहणको १ समूह, एक्टर्स स्टुडियो, मण्डला, शिल्पी, थिएटर भिलेज, थिएटर मललगायत दर्जनौँ नाट्य समूहले काम गरिरहेका छन् । विराटनगरको झोराहाट नाटकघर, झापाको परिवर्तन नेपाल, क्षितिज नाट्य समूह, पोखराको पोखरा थिएटर, धनगढीको खप्तड नाट्य समूह आदिले पनि नियमित नाटक मञ्चन गरिरहेका छन् । शैली थिएटरले काठमाडौंको रातो पुलनेर र पुरानो घरले सिनामंगलमा नाट्याशाला निर्माण गर्दै छ । यो अवस्था हेर्दा अहिलेको नेपाली रंगमञ्च अत्यन्त सुखद देखिन्छ । 

कला त कलै हो चाहे त्यो काँचको पर्दामा देखिएको होस् या दर्शकको अघिल्तिर । रङ्गमञ्चको आफ्नै खालको महत्त्व छ । दर्शकसँग सिनेमाका कलाकारको सम्बन्ध परोक्ष रहेको हुन्छ भने रङ्गमञ्चका कलाकारहरूको सम्बन्ध प्रत्यक्ष रहेको हुन्छ । रङ्गमञ्चमा उत्रेका कलाकारका हाउभाउ, कटाक्ष जीवन्त हुन्छन् । उनीहरूका गतिविधिमा दर्शकको भाव तादात्म्य भएर घोलिएको हुन्छ । पछिल्लो समयमा सिनेमाका महानायक राजेश हमाल, अभिनेत्री नम्रता श्रेष्ठ, महेश शाक्य जस्ता कलाकार रङ्गमञ्चमा उत्रेका छन् ।
 
स्कुलकलेजमा अतिरिक्त कक्षाको रूपमा समेत नाट्य विधालाई समावेश गरिरहेको पाउन सकिन्छ । वार्षिक उत्सवलगायतका कार्यक्रममा समेत विद्यार्थी यस क्षेत्रमा आकर्षित भएको पाउन सकिन्छ । सचेत अभिभावकले नाट्यगृहमा आफ्ना बालबच्चालाई लगेर नाटक हेराएका देखिन्छन् । स्कुलमा आफ्ना बालबच्चालाई नाटकमा भाग लिन हौस्याएको स्थिति छ । यसले गर्दा यो क्षेत्र विस्तारै फैलिँदै गएको छ । 

मकालीन नेपाली रंगमञ्च समृद्धिको पाइलातर्फ चढिरहेको छ । यसलाई साथ दिन सरकारी स्तरबाट दीर्घकालीन योजना बनाइनुपर्छ, साथै निजीस्तरलाई समेत समेट्नुपर्छ । भौतिक पूर्वाधार मात्रै होइन, आफ्नो देशको कलासाहित्यलाई  व्यापक रुपमा विस्तार गर्ने दृढसंकल्प लिने  कार्यान्वयन गर्ने दूरदर्शी अगुवाको आवश्यक छ । 

सर्वनाम, आरोहणको १ समूह, एक्टर्स स्टुडियो, मण्डला, शिल्पी, थिएटर भिलेज, थिएटर मललगायत दर्जनौँ नाट्य समूहले काम गरिरहेका छन् । विराटनगरको झोराहाट नाटकघर, झापाको परिवर्तन नेपाल, क्षितिज नाट्य समूह, पोखराको पोखरा थिएटर, धनगढीको खप्तड नाट्य समूह आदिले पनि नियमित नाटक मञ्चन गरिरहेका छन् । शैली थिएटरले काठमाडौंको रातो पुलनेर र पुरानो घरले सिनामंगलमा नाट्याशाला निर्माण गर्दै छ । यो अवस्था हेर्दा अहिलेको नेपाली रंगमञ्च अत्यन्त सुखद देखिन्छ । 
अग्रज केही रङ्गकर्मीको क्रियाशीलता सन्तोषजनक छैन । उनीहरूले जे पहिला गरे, त्यसैमा चित्त बुझाएर बसिरहेका छन् । 

लाग्छ, रिटायर्ड जीवन बिताउँदै छन् । भनिन्छ, पत्रकारिता, राजनीति तथा कला क्षेत्रमा उमेर भन्नु पर्दैन  । नयाँ पुस्ताको उत्साहले समकालीन रङ्गमञ्च जुन रूपमा अगाडि बढेको छ, त्यो साँच्ची नै भरभराउँदो छ । यो यात्रा अनवरत चलिरहनुपर्छ । नेपाली साहित्य तथा कला–संस्कृतिको सम्बद्र्धनमा राज्यको ढुकुटी प्रयोग गरेका निकाय उही लोसे पारामा लत्रेका छन् । अब यसरी चल्दैन । 

समग्रमा भन्नुपर्दा समकालीन नेपाली रंगमञ्च समृद्धिको पाइलातर्फ चढिरहेको छ । यसलाई साथ दिन सरकारी स्तरबाट दीर्घकालीन योजना बनाइनुपर्छ, साथै निजीस्तरलाई समेत समेट्नुपर्छ । भौतिक पूर्वाधार मात्रै होइन, आफ्नो देशको कलासाहित्यलाई  व्यापक रुपमा विस्तार गर्ने दृढसंकल्प लिने  कार्यान्वयन गर्ने दूरदर्शी अगुवाको आवश्यक छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

यसकारण ओली सरकारले काम गर्न सकेन

  • २ मङ्सिर, २०७५

मन्त्री पद पाएपछि जीवनको अन्तिम लक्ष्यमा नै पुगे भन्ने ठान्ने मान्छे, मन्त्रीपदमा पुग्नु पनि देश विकासको बाधक हो । काम नगर्ने हल्ला गर्ने मन्त्री भए

छिमेकीको गोटी बन्दा श्रीलङ्कामा संकट

  • १ मङ्सिर, २०७५

कतिपय निर्णयमा सामान्य मतभेद भएपछि शुरु भएको श्रीलङ्काको राजनीतिक सङ्कट अहिले अझ जटिल बन्दै गएको छ । राज्यका प्रमुख शक्ति केन्द्रमध्ये संसद् र अदालत

मदनले माओलाई औंला ठड्याएपछि......

  • २८ कार्तिक, २०७५

(स्वर्गको थिएटर कक्ष । आज नेपाल सम्बन्धी बहस मञ्चन हुने भएकोले हल खचाखच भरिएको छ । दर्शक दीर्घामा सबैका आकर्षण थिए—कार्ल माक्र्स, एंगेल्स् । उनीहरु