• आइतबार ८-२-२०७५/Sunday 11-18-2018/ 10:29 pm

बुहारी बलात्कार गर्ने प्रधानाध्यापक पक्राउ

हिमाल जोशी /धनगढी । दार्चुलाको अपि हिमाल गाउँपालिका वडा नम्बर ४ का एक प्रधानाध्यापक बुहारीलाई पटक–पटक बलात्कार गरेको आरोपमा पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय कैलालीले शुक्रबार सोही गाउँको तामाखानी भगवती निम्न माध्यामिक विद्यालयका प्रधानाध्यापक दानसिंह धामीलाई पक्राउ गरेको हो । स्थायी शिक्षक धामी नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघका दार्चुलाका जिल्ला सदस्य पनि हुन् । 

धामीले बुहारीलाई २०७१ सालमा दार्चुलाको गोकुलेश्वरको एक होटल र गत अषाढमा पुनः अत्तरीयास्थित आफ्नै घरमा जर्वजस्ती बलात्कार गरेको किटानी जाहेरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

पीडित महिला एकल महिला समेत हुन । बिहे गरेको १ वर्षमा श्रीमानको मृत्यु भएपछि ती महिला परिवारको सहारामा बस्दै आएकी थिइन् । पीडित महिलाले ससुराले पटक-पटक बलात्कार गर्ने गरेको कसैलाई भने छोरासहित मार्ने धम्की दिने गरेको बताइन् ।

पीडितका अनुसार प्रधानाध्यापक धामीले बुहारीलाई  घरमा कोही नभएको बेला औषधि समेत खुवाएर बलात्कार गर्ने गरका थिए ।  

पीडित महिलाले ससुराले आफूलाई बलात्कार गरेकोबारे सुनाउँदा परिवारले घरबाट निकालासमेत गरेको बताइन् । 

आरोपित शिक्षक धामीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले ७ दिने म्याद थप गरेर अनुसन्धान गरिरहेको बताएको छ । पीडित महिला, महिला पुनस्थापना केन्द्र धनगढीको सेफ हाउसमा छन । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रदेश ५ को स्थायी राजधानी र नामाकरणको विषय थप अन्योलमा

  • २ मङ्सिर, २०७५

बुटवल । प्रदेश पाचको नाम र स्थायी राजधानी तोक्ने विषयले महत्व नपाउदा यी विषयको टुंगो कहिले लाग्छ भन्ने अन्योलता थपिएको छ ।  नाम र स्थायी राजधानी

रुपाताल बाँध निर्माण परियोजना, मुआब्जा लिन स्थानीयको निवदेन

  • २ मङ्सिर, २०७५

कास्की । मुअब्जा रकममा पुर्नमूल्यांकन नभएपछि रुपाताल बाँध निर्माण क्षेत्रका प्रभावित स्थानीय बासिन्दाले तोके अनुसारकै मुआब्जा लिन लिखित निवदेन

पोखरामा बेलुनको व्यवसायिक उडान सुरु

  • २ मङ्सिर, २०७५

कास्की । पोखरा आउने पर्यटकले थप मनोरञ्जन पाउने भएका छन् । बेलुन नेपाल प्रालिले पोखरामा ‘हट एयर’ बेलुनमा उडेर पोखरा, फेवाताल र हिमालका मनोरम दृश्यको