• आइतबार ८-२-२०७५/Sunday 11-18-2018/ 10:10 pm

एक पिताको अनुभव : 'जब हाम्रो छोरा समलिंगी भएको थाहा पायौँ '

मलाई अहिले पनि त्यो दिनको सम्झना छ । मेरो छोरा हर्षु आइआइटी मुम्बईमा इन्जिनियरिङको अध्ययन गरिरहेको थियो । ऊ त्यस समय एमटेकको चौथो वर्षमा थियो र मुम्बईको एक होस्टलमा बस्थ्यो । छुट्टीमा प्राय दुई वा तीन दिनका लागि घर आउने गर्थ्यो । 

एक दिन छोराले मलाई र उनी आमा(सुलु)लाई बालायो र एक महत्वपूर्ण कुरा भन्न चाहेको बतायो । उसको त्यो गम्भिर अनुहार आज पनि मलाई राम्ररी सम्झना छ । मलाई लाग्यो सायद मेरो छोराको कुनै प्रेमिका छिन्, जसको बारेमा ऊ हामीलाई बताउन चाहान्छ । 

मेरो मस्तिष्कमा त्यही फिल्मी संवाद चलिरहेको थियो, ‘यो विवाह हुन सक्तैन’ । 
हर्षुले बोल्न सुरु गर्यो । ऊ केही दिनअघि एक क्याम्पमा गएको थियो । त्यस क्याम्पको उद्देश्य युवा आआफ्नो समाज, देश र सामान्य जिन्दगीका बारेमा ज्ञान उत्पन्न गराउनु थियो । यसै क्याम्पमा एक सत्र यस्तो पनि थियो, जसमा युवाहरुको उनीहरुको सेक्सुअलिटी अथात् यौन इच्छाको बारेमा भन्न लगाइएको थियो । 

हर्षुले हामीलाई त्यस सत्रको बारेमा भन्न सुरु गर्यो । 

म त्यो युवतीको बारेमा सुन्न बेचैन भइरहेको थिए, जोसँग मेरो छोरा प्रेम गर्न थालेको थियो । तर, उसको कहानीको त कुनै अन्त्य नै भइरहेको थिएन ।
त्यस सत्रको अन्त्यमा आयोजकले युवाहरुसँग भनेको थियो कि के कोही आफ्नो बारेमा कुनै विशेष कुरा साझा गर्न चाहान्छ ? तब हर्षुले आफ्नो हात उठायो र आफू केही भन्न चाहेको बतायो ।

हर्षुले भन्यो, ‘म आफ्नो यौन इच्छालाई लिएर एक दुविधामा छु । म हेट्रोसेक्सुअल होइन । मलाई लाग्छ म होमोसेक्सुअल(समलिंगी) हुँ । 

हर्षुको यो कुरा सुनेर म स्तब्ध भए । मलाई केही सुझिरहेको थिएन कि म के प्रतिक्रिया दिउँ । एक पटक त हामीलाई लाग्यो शायद हर्षु हामीसँग मजाक गरिरहेको छ । 

मैले उसलाई सोधेको थिए, ‘के तिमीलाई थाहा छ ? तिमी के बोलिरहेका छौ ?’ उसले पुरै विश्वासका सथा आफ्नो सिर हल्लायो र भन्यो ‘हो’ ।

सुलुले छोरासँग केही प्रश्न सोधिन् । यद्यपी, मलाई ती प्रश्नहरु सम्झना छैन, तर यति याद छ हर्षुको कुरा सुनेपछि मेरो दिमागमा अनगिन्ती विचारको एक तुफान उर्लिरहेको थियो । 

समलैंगिकताका बारेमा मलाई थारै–धेरै थाहा थियो, तर ती सवै जानकारी साहित्य, सिनेमा र केही पत्रिकाको माध्यमबाट नै मिलेको थियो । मैले कहिल्यै कल्पनासम्म नगरेको यो समस्या कुनै दिन मेरै घरको ढोकामा हुनेछ । 

मलाई थाहा छ, त्यस समय हाम्रो बहस कहाँ आएर सकिएको थियो । मैले भनेको थिए, ‘हँ ! ठिक छ । हामी सबैले यसबारे थोरै सोच्न आवश्यक छ । यहाँ भन्दा बढी प्रश्न–उत्तर हुँदैन ।’

यसको दुई दिनपछि हर्षु मुम्बई फर्कियो । हामी पनि आ–आफ्नो काममा लाग्यौँ । सुलुको आफ्नै फ्याक्ट्री छ, उनी एक मेकानिकल इन्जिनियर हुन् र म रिटायर भइसकेको थिए, तर आफ्नो पिएचडीका लागि काम गरिरहेको थिए । 

हामी आ–आफ्नो काममा व्यस्त त भइसकेका थियौँ, तर मस्तिष्कको एक कुनामा त्यसबारेमा विभिन्न खाले विचार उम्लिरेका थिए ।
 
आखिर यी सवै कुराको के अर्थ हुन्छ ? अब हामीले के गर्नुपर्छ ? के हर्षुको मानसिक स्थिति ठिक छ ? यदी उसका होस्टलको साथीलाई उसको बारेमा थाहा भयो भने के हुन्छ ? यस्तै–यस्तै प्रश्नहरु मेरो मष्तिस्कलाई हर–बखत घेरिरहेका थिए । 

यद्यपी, जुन दिन हर्षुले हामीलाई यी सबै बताएको थियो, त्यो दिन न त मैले रिसाए न सुलु नै रिसाइन् । मैले र सुलुले यसबारे कुरासम्म गरेनौँ । 

सुलुले मलाई भनेकी थिइन्, ‘यो सब हर्षुको दिमागको अतिरिक्त उपज हो । केही दिनमा उसले सबै भुल्नेछ ।’

तर म सुलुको कुरासँग सहमत थिइन । तर, मलाई हामी जुन कुरालाई लिएर पटक्कै तयार छैनौँ, त्यस स्थितिको सामना गर्न गइरहेका छौँ भन्ने कुराको महशुस भइसकेको थियो । 

सुलु बाहिरबाट शान्त थिइन्, तर मलाई थाहा थियो, उसको दिमागमा पनि मेरो जसरी नै उथल–पुथल मच्चिरहेको छ । 

दिन बित्दै गए, फेरि महिना पनि बित्यो । हर्षुले आफ्नो पढाई पुरा गर्यो र अब ऊ मेकानिकल इन्जिनियरिङमा एमटेक पनि भइसकेको थियो । 

ऊ कहिल्यै पनि विदेश जान चाहँदैन थियो । ऊ एक संघमा आवद्ध थियो, त्यो संघको कामका लागि उसलाई चन्द्रपुर जानु थियो । 

यद्यपी, यसबीच हामीले पनि समलैंगिकताको बारेमा केही कुरा सिक्ने र बुझ्ने प्रयास गर्यौँ । आफ्नै देश र अन्य देशमा पनि यस्ता थुप्रै संगठन रहेछन्, जो यी मुद्दामा काम गरिरहेका छन् । 

हामी इन्टरनेटमा जानकारी खोज्दै जाँदा विन्दुमाधव खिरेको बारेमा थाहा भयो । उनी ‘सम–पथिक’ नामक एक संगठन चलाउँछन् । यस संगठनले हाम्रो सवै प्रश्नको जवाफ दियो । 

खिरेको संगठन ‘सम–पथिक समलिंगी’ व्यक्तिसँग जोडिएका फरक–फरक मुद्दामा काम गर्छ । मैले खिर जीसँग टेलिफोन मार्फत कुरा गरँे । 

मलाई महशुस भयो उनी आफ्नो काममा कति व्यस्त रहन्छन् । आफ्नो यत्रो व्यस्त कार्यक्रममा पनि उनले मलाई भेट्ने समय निकाले । 

उसलाई भेटेपछि मलाई कति आनन्द मिल्यो म त्यो शब्दमा बयान गर्न सक्दिन । उनको कुरामा जहाँ स्पष्टता थियो त्यही एक प्रकारको संवेदना पनि लुकेको थियो । 
थाहा छैन उनीसँग भेट्नअघि हर्षु किन त्यति हिच्किचाइरहेका थिए । यही कारण पहिले म उनीसँग भेट्न गए । 

त्यो एक भेटपछि हामी धेरै पटक भेट्यौँ । विन्दुमाधव खिरेसँग भएका ती भेटघाटले समलैंगिकताका बारेमा मेरो दृष्टिकोण नै परिवर्तन गर्यो । 

यसका साथै हामी हर्षलाई पनि सम्झाउने प्रयास गरिरहेका थियौँ । हामी पत्र–पत्रिकाका माध्यमबाट समलैंगिकताका बारेमा पनि धेरै–भन्दा–धेरै जान्ने प्रयास गरिरहेका थियौँ । 
मसलैंगिकता एक सामान्य कुरा हो भन्ने कुरा बुझ्ना थालेका थियौ । यसलाई सही–गलत र राम्रो–नराम्रोको तराजुमा तौलनु गलत हो । यो कुनै रोग पनि होइन र न त कुनै मानसिक समस्या नै । 

हामीले हर्षुलाई कुनै पनि चिकित्सिक कहाँ लगेनौँ ।

म र हर्षु दुवै नै खुलेर विचार राख्छौँ भने समलैंगिकताको बारेमा कुनै पनि प्रकारको धार्मिक कर्म–काण्डको जालोमा पर्दै पर्दैनौँ । हामीले कहिल्यै पनि हाम्रो अधिल्लो जन्ममा गरेको पापको फल भन्ने सोचेनौँ । 

तर, हामीलाई हर्षुको भविष्यलाई लिएर चिन्ता पक्कै थियो । यदी कोही आफूलाई आफैँ समलिंगी मानिसरहेको छ भने उसले एक पटक यस बारेमा वैज्ञानिक रुपले प्रमाण लिनुपर्छ भन्ने मलाई लागेको थियो । 

यस बारेमा मैले एक पटक हर्षुसँग पनि कुरा गरे । तर उसले यसलाई निक्कै नराम्रो दृष्टिले देख्यो र भन्यो ‘के कसैले तपाई हेट्रेरोसेक्सुअल(विपरित लिंगीप्रति आकर्षित हुने) हो भनेर सोध्नुपरेको थियो ?’

उसको यो प्रश्नको मसँग कुनै उत्तर नै थिएन । 

हर्षुको विवाह

मेरो अघि जुन प्रश्न बारम्बार उठिरहेको थिाये, त्यो खाली वैज्ञानिक आधारमा मात्रै नभएर सामाजिक र नैतिकताको आधारमा पनि उठ्थ्यो । 

हर्षुको विवाह गर्ने उमेर भइरहेको थियो । अरुको नजरमा ऊ विवाहका लागि निक्कै राम्रो वर थियो । म सँगैका व्यक्तिको छोराछोरीको विवाह भइरहेको थियो । 
प्राय हर्षुको विवाहको प्रश्न पनि हाम्रो अगाडि आइरहेको थियो । मानिसहरु सोध्थे, ‘हर्षु विवाहको बारेमा के सोचिरहेको छ ?’ । 

हामी मुस्कुराउँदै यति भन्थ्यौँ, यो कुरा तपार्य हर्षुलाई नै सोध्नुहोस्, किनकि फैसलाले त उसले नै लिनु छ । र जब हर्षुसँग यही प्रश्न सोध्थे उनी भन्थे,‘यसमा हतार के छ र, म खुशीसँग बाँचिरहेको छु, के मलाई यसरी खुशी देख्न चाहानुहुन्न ?’

यद्यपि, हर्षुको विवाहको प्रश्नले मलाई अवश्य चिन्तित पारेको भन्ने कुरा म स्विकार गर्छु । म मेरो छोराको विवाहको सहनाई कहिल्यै सुन्न पाउने छैन भनेर मानेको थिए । 
विवाहको एक उखान त हामी सबै जान्दछौँ, ‘विवाहको लड्डु खाए पनि पछुतो, न खाए पनि पछुतो’ । त्यसैले हर्षुको विवाहको प्रश्नलाई यही छोडौँ । 

सर्वोच्च अदालतको ताजा फैसलाले केही सम्भावनाको ढोका अवश्य खोलेको छ । हर्षुका लागि के सही हुन्छ, त्यो त उसले आफैँ फैसला गर्छ । एक बुबा भएको नाताले खाली उसको खुशी हेर्न चाहान्छु । 

आफ्नो कुरा समापन गर्नअघि एउटा कुरा भन्न चाहान्छु, यो समस्या एक समलिंगी मानव कुनै विपरित लिंगसँग आकर्षित हुने मानवसँग विवाह गरेपछि सकिन्छ भन्ने सोच एकदमै घातक हो । यो ती दुवैका लागि नराम्रो हो । यसका धेरै उदाहरण छन् ।
 
अनुभव साट्नु आवश्यक

एउटा आवश्यक कुरा, एक–अर्कासँग अनुभव साट्नु निक्कै फाइदाजनक हुन्छ । यस यात्रामा मलार्य यस्तै नै अनुभव बोकेका आमा–बुवासँग कुराकानी गर्ने मौका मिल्यो । 
हर्षुको एक समलिंगी साथीको आमा–बुबाले यस कुरालाई स्विकार गर्न तयार थिएनन् । तब हर्षुले मेरो र सुलुलाई उसका बुबा–आमासँग भेट गरायो । 

हामीबीच कुराकानी भयो र साथीको आमाले भनिन्, ‘तपाईहरुसँग कुरा गरेपछि मलाई निक्कै राहत महशुस भइरहेको छ ।’

किताबमा पढेको कुनै कुराको तुलनामा तपाईमा आँखाले देखेको कुनै कुराको बढी असर पर्छ । 

म एक समलिंगी युवकको बुबा हुँ । मलाई यस्तो भनिरहँदा न त सर्म आउँछ र न त दुख नै लाग्छ । साथै यसो भन्दै गदौ कुनै गर्वको अनुभव गर्ने इच्छा पनि राख्दिन । यो कुरा म त्यति नै सामान्य तरिकाले भनिरहेको छु, जति ऊसँग चश्मा छ भन्छु ।

हाम्रो छोरा समलिंगी हुनुले हाम्रो माया र स्नेहमा कुनै फरकपना आउँदैन । हाम्रो परिवारले उसको समलिंगी पहिचानलाई स्विकारेका छौँ । 

हामी खाली आफ्नो छोराका लागि मात्रै होइन, हाम्रो छोरा जस्तै अन्य युवा–युवतीका लागि पनि निक्कै खुशी छौँ । 

सेक्सपियर भन्छन्, ‘हाम्रो दर्शनशास्त्रको कल्पनाको तुलनामा, होराशियो, स्वर्ग र धरतीमा अन्य अरु पनि थुप्रै चीज छन् ।’

(एक समलिंगी पुरुषका पिताको अनुभव : लेखकले आफ्नो र छोराको परिचय खुलाउन चाहे पनि परिवारको अनुरोधमा परिवर्तित नाम राखिएको छ )

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

खाए मकै नखाए भोकै, कुमाल बस्तीको दुःख बगाएन कालीगण्डकीले 

  • १ मङ्सिर, २०७५

पोखरा । मुलुकमा ठुल्ठूला परिवर्तन आए । कालीगण्डकी नदीमा कति पानी बगे बगे । तर नदी  किनारस्थित कुमाल बस्तीको दुःख न मुलुकमा भएका ठूलठूला

भाई बहिनीको अटुट प्रेम गाथा सामा चकेवा पर्व

  • ३० कार्तिक, २०७५

जनकपुरधाम । मिथिलाञ्चल क्षेत्रले आफ्नो धर्म संस्कृतिको संरक्षणकालागि पर्वहरुको आड लिएको पाइन्छ । जीवनको आदर्श र कलात्मक पक्षहरुलाई चाडपर्वसँग

विकासको लहर गाउँ–गाउँमा  

  • २९ कार्तिक, २०७५

दोलखा । २० वर्षपछि स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि चयन भएसँगै अहिले विकासका लहर गाउँ–गाउँमा फहराउन थालेको छ । जनप्रतिनिधि भएको र नभएकोमा धेरै