• बुधबार ६-३-२०७५/Wednesday 09-19-2018/ 06:44 pm

सडक बनेको २० वर्षपछि कालोपत्रे 

कास्की । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकालाई पोखरासँग जोड्ने मुख्य सडक दुई दशकपछि कालोपत्रे गरिने भएको छ ।

गाउँपालिकाको दैनिकीसँग जोडिएको बाटो २६ करोड एक लाख लागतमा हिमदुङ एण्ड थोकर र ड्रागन जेभीले १८ महिनाभित्रमा काम सम्पन्न गर्ने गरी जिम्मा लिएको छ । 

पोखरा महानगरको वडा नं २५ मेलबोटबाट माछापुच्छ्रे–९ सिदिङसम्मको सडक कालोपत्रे गर्न ठेक्का सम्झौता भएको छ । विसं २०५४ मा नै गाडी हिँड्न सक्ने कच्ची बाटो खोली यातायातका साधन आवतजावत गरेका थिए ।राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाइ कार्यालय कास्कीले सो सडक कालोपत्रे गर्न निर्माण कम्पनीसँग सम्झौता गरेको हो । 

मेलबोटबाट पोखरा खानेपानी मुहान हुँदै लुम्रे ठाँटीसम्मको १० किमी सडक कालोपत्रे हुनेछ भने बाँकी ग्राभेल गर्ने सम्झौता भएको जिल्ला आयोजना कार्यान्यवन इकाइ कार्यालय कास्कीका प्रमुख नारायणप्रसाद बरालले जानकारी दिए । उनका अनुसार कालोपत्रे सडक नालीसहित ६ दशमलव २ मिटर फराकिलो हुनेछ । 

माछापुच्छ्रे गाउँपालिकाका नौ वटै वडालाई प्रदेश राजधानी पोखरासँग जोड्न यो बाटो महत्वपूर्ण हुनेछ । मेलबोटबाट मर्दि पुलसम्म दुई किमी सडक केही वर्षअघि खानेपानी संस्थानको सहयोगमा कालोपत्रे भए पनि एक वर्षमै बाटो भत्किएपछि स्थानीयवासीले हैरानी खेप्दै आएका थिए । 

सडक कालोपत्रे गर्न पटक पटक स्थानीयवासीले माग गर्दै आएको बताउँदै गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी पौडेलले तोकिएकै समयमा काम सम्पन्न गर्न गाउँपालिकाले समन्वय र सहयोग गर्ने बताए । माछापुच्छ«े गाउँपालिका कृषि र पशुपालनमा जिल्लामा अग्रणी रहँदै आएको छ । – रासस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

‘डढे गाँउ’ हरियाली गाउँमा परिवर्तन

  • २ असोज, २०७५

कमल अधिकारी पाल्पा । घर कहाँ हो भनेर सोध्दा नाम भन्न दिक्क मान्ने पाल्पाको तिनाउ गाउँपालिका–२, दोभानवासीहरु अहिले आफ्नो गाउंको नाम ढुक्कले भन्न

आर्थिक सूचकाङ्क सकारात्मक : अर्थमन्त्री खतिवडा

  • २ असोज, २०७५

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले चालु आर्थिक वर्षको दुई महिनामा अर्थतन्त्रको आर्थिक सूचकाङ्क सकारात्मक रहेको बताएका छन् ।  नेपाल आर्थिक

गोदाममै कुहिन थाल्यो स्याउ

  • २ असोज, २०७५

मुस्ताङ । पहिरोका कारण सडक अवरुद्ध बनेपछि स्याउ ढुवानीमा समस्या भएको छ । जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक भौगोलिक