सर्वाधिक प्रतिक्षित रजनीकान्तको फिल्म ‘2.0’को टिजर रिलिज, अक्षयको डरलाग्दो अवतार

एजेन्सी । सुपरस्टार रजनीकान्त र अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘टु.जेरो’(2.0)को टिजर सार्वजनिक भएको छ । निक्कै लामो समयदेखि सर्वाधिक प्रतिक्षा गरिएको यस फिल्ममा अभिनेता अक्षय कुमार नकारात्मक भूमिकामा देखिँदैछन्, जसमा उनको रुप निक्कै खतरनाक हुनेछ ।

यो फिल्म रजनीकान्तको फिल्म ‘रोबाट’को सिक्वेल हो । फिल्ममा अक्षय डक्टर रिचर्डको भूमिकामा देखिनेछन् । त्यस्तै, रजनीकान्त एक पटक फेरि रोबट चिट्टी र वैज्ञानिक वसीकरणको भूमिकामा कमब्याक गर्दैछन् । 

फिल्ममा विशेष भिजुअल इफेक्टको प्रयोग गरिएको छ । फिल्ममा संगीत आर हमानको रहेको छ । यो फिल्म आठ सय करोड बजेट पार गरेर तयार भएको छ । यो फिल्म बन्नमा दुई वर्ष बढीको समय लागेको छ । फिल्मलाई शंकरले निर्देशन गरेका छन् । 

फिल्ममा रजनीकान्त र अक्षय बाहेक एमी ज्याक्सन, सुधान्शु पाण्डे तथा आदिल हुसैन पनि मुख्य भूमिकामा देखिनेछन् । फिल्म आगामी २९ नोभेम्बरमा रिलिज हुन सक्ने बताइएको छ ।

हेर्नुहोस् टिजर:


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर