• बुधबार ६-३-२०७५/Wednesday 09-19-2018/ 06:45 pm

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक पारित

काठमाडौं । ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५’ सर्वसम्मतिले पारित भएको छ । 

विधेयक पारित गरियोस भनी उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रतिनिधिसभाको आजको बैठकमा प्रस्ताव पेश गरे । यस अघि मन्त्री यादवले ‘शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । 

सांसद प्रेम सुवाल र दुर्गा पौडेलले छलफलमा भाग लिए । उनीहरुले गर्भपतनको अधिकार आमालाई हुनुपर्ने, एक वर्ष बिदा नलिनेले के गर्ने भन्ने व्यवस्था हुनुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराए ।  समितिले संशोधन गरेको सो विधेयकको दफा एकदेखि १२ सम्मको संशोधनलाई अङ्ग बनाउने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ ।

यसैगरी विधेयकको दफा दुईदेखि ३७ सम्मका संशोधन पनि सर्वसम्मति पारित भएको छ । विधेयकको नाम र प्रस्तावना पनि सर्वसम्मतिले पारित भएको छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सिके राउतले प्रदेश २ कै सरकारको आलोचना गरेपछि..

  • ३ असोज, २०७५

नेहा झा/जनकपुरधाम । संविधानको बिरोधमा स्वतन्त्र मधेश गठबन्धन चलाउँदै आएका सिके राउतका समर्थकहरुले जनकपुरधाममा बिरोध प्रदर्शन गरेका छन्  । पूरै

योजनाबद्ध धर्म परिवर्तनले देश संकट उन्मुख- राप्रपा

  • ३ असोज, २०७५

काठमाडौं । राप्रपाले पार्टीको संगठन बलियो बनाउन आगामी मंसिर भित्र ५० हजार सक्रिय सदस्यता बितरण गर्ने निर्णय गरेको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा

संविधान दिवसः प्रदेश २ का मन्त्री नै बिरोधमा उत्रिए

  • ३ असोज, २०७५

जनकपुरधाम । संविधान दिवसका दिन संविधानकाे प्रदेश २ का मन्त्री नै संविधानकाे बिराेधमा षडकमा उत्रिएका छन् । राष्ट्रिय जनता पार्टी नेपाललले संविधान