• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

सुपमा मरेको मूसा भेटिएपछि एक रेष्टरेन्टले गुमायो १९ करोड डलर

एजेन्सी । चीनमा एक गर्भवती महिलालाई सपमा मरेको मूसा परेपछि एक प्रसिद्ध रेष्टुरेन्टले सेयर बजारमा १९ करोड डलर गुमाएको छ । चपेस्टिकले च्यापेर सुपबाट निकालिँदै गरेको मूसाको तस्विरमा यतिबेला इन्टरनेटमा भाइरल भइरहेको छ ।
 
तस्विर भाइरल भएपछि शिआबु शिआबु नामको यो रेष्टुरेन्टको सेयर एक वर्षमा सबैभन्दा तल झरेको छ । शेनडून्ग प्रान्तको आउटलेटलाई अस्थाई रुपमा निलम्बित गरिएको छ । कथित रुपले यस रेष्टुरेन्टले ती महिलालाई पाँच हजार युआन मुआब्जाको रुपमा दिने प्रयास गरेको थियो । 

स्थानीय सञ्चारमाध्यम कंकागन न्यूजले महिलाको पतिसँग कुरा गर्यो, जसले मुआब्जाको प्रस्तावलाई अस्विकार गरिदियो । मुआब्जाको राशि तय हुनअघि उनकी पत्नीको पुरै शरीर जाँच होस् भन्ने उनी चाहान्थे । 

ती गर्भवती महिला ७ सेप्टेम्बरका दिन आफ्नो परिवारसँग रेष्टरेन्टमा गएकी थिइन् । महिलाको सासुले जब गर्भ हुर्किरहेको बच्चाको बारेमा चिन्ता व्यक्त गरिन्, रेष्टुरेन्टको एक कर्मचारीले गर्भपतन गर्ने सल्लाह दियो, जुन प्रक्रियाका लागि २० हजार युआनको राशि दिने सुझाव दिइयो । 

उमालिएको सुपमा पाकेको मुसाको तस्विर चिनियाँ सामाजिक सञ्जाल वेबसाइट भिबोमा फैलियो, जहाँ धेरैले प्रतिक्रियामा क्रोध व्यक्त गरेको थिए । ११ सेप्टेम्बर कम्पनीको सेयर पछिल्लो वर्ष अक्टोबरपछि सबैभन्दा तल पुगेको छ । बुधबारदेखि रेष्टुरेन्टको मार्केट भ्याल्यु विस्तारै–विस्तारै गति पक्रेको छ । बिबीसीबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर