• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

एकतापछि पार्टी अध्यक्ष प्रचण्ड नै बन्नुहुन्छ,कोही आत्तिनुपर्दैन–रामकुमारी झाँक्री

नेकपा एमालेका युवा नेता रामकुमारी झाँक्री २०६२/६३ को आन्दोलनका बेला सर्वाधिक सुनिएको नाम हो । तत्कालीन अवस्थामा विद्यार्थी संगठनको नेतृत्वमा रहँदा सडकमा गणतन्त्र, संविधानसभाको नारा लगाएर टाउको फुटाउने गगन थापा र रामकुमारीहरू नै हुन् ।  आन्दोलनको सफलतापछिको संविधानसभामा एमालेका तर्फबाट रामकुमारीहरू हैन राज्यलक्ष्मीहरूले स्थान पाए भनेर ठूलो बहस भयो । एमालेले अहिले समानुपातिक सूचीमा राखेकी झाँक्री संघीय संसदको सदस्य बन्ने संभावना प्रवल छ ।  वाम एकताका संभावना र तगाराहरू, भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल  भ्रमणको सन्देश र प्रभाव लगायतका विषयमा विद्रोहात्मक चेतसहितको खरो अभिव्यक्ति दिने स्वभावकी झाँक्रीसँग समाचार दैनिक डटकमले गरेको कुराकानी : पछिल्ला राजनीतिक घटनाक्रमले वाम एकता नहुने बाटोतर्फ गएको हो ? यो निक्कै संवेदनशील र छिट्टै भैहाल्ने विषय नै होइन । चुनावअघि हामीले सकेसम्म सबै वामपन्थी शक्तिलाई मिलाएर उम्मेदवारी दिएका थियौं । जनताले यसलाई अनुमोदन गरे । अहिलेपनि यो एकता नहोस् भन्ने र भत्काउनै लाग्ने शक्तिहरू पनि छन् । तर, आजका मितिमा यसलाई सार्वजनिक बहसको विषयभन्दा पनि गंभीर गृहकार्यबाट परिणाम निकाल्ने दिशातर्फ बढिरहेको छ । चुनावअघि नै एकता गर्ने भन्नुभएको हो । चुनावपछि यतिका समयसम्म एकताको गृहकार्य गर्ने कार्यदलसम्म बनाउन सक्नुभएको छैन, भनेपछि तपाईहरूले नै भन्ने गरेको षडयन्त्रको प्रभाव हो वा तपाईहरू भित्रै समस्या छ ? द्वन्द्ववादले कुनै पनि वस्तुको उत्थान विकास र पतनको निर्णायक पक्ष आन्तरिक पक्ष हुन्छ भन्छ । चलखेलको खास अर्थ छैन । अहिले दुई पार्टीका बीचमा राजनीतिक, संगठनात्मक लगायतको चर्चासँग नेतृत्वको कुरा आएका थिए । त्यसले एकतामा असर पार्ने भएकाले त्यो बहस अहिलेलाई स्थगित गरिएको हो । त्यसैले अहिले विचार, राजनीति र संगठनका विषयमा छलफल गरेका छैनौं । संविधानले दिएको समयसीमाअनुसार सरकार बनाउने लगायतका काम गर्नुपर्ने भएकाले अहिले धेरै प्राथमिकता यसमा दिइएको हो । देशीविदेशी षडयन्त्र भइरहेको छ भनेर नेताहरू नै भनिरहेका छन् । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणसँगै एकता कमजोर हुँदै गएको भन्ने आशंका पनि छ नि ? सिद्धान्त, सांगठानिक समायोजन लगायतका विषयको निरुपण गर्ने विषयसँगै नेताहरूको व्यवस्थापनको कुरामा समेत हामी बहसमा जुटेकै छैनौं । अहिले वाम गठबन्धन र एकताको कुरा अघि बढेपछि आएका क्रिया–प्रतिक्रिया समाज र जियो पोलिटिक्सले उत्पन्न गरेको छन् । अहिले त्यसैको क्रिया प्रतिक्रिया मात्रै भइरहेको छ ।  शीर्ष नेतृत्वको बुद्धिमता निर्णय नै देख्छु म त । यो विषय खासै हल्ला गर्दै हिड्ने विषय पनि होइन । त्यसैले दुई पार्टीका अध्यक्षले आपसमा छलफल गरिरहनु भएको छ । यो ठिक छ । वस्तुगत काम भइसकेका छैनन् । यही खाली ठाउँमा बनाउन वा भत्काउन चाहनेहरूले खेल्नु स्वभाविक हो । भारतीय विदेशमन्त्री स्वराजको भ्रमणपछिको कुरा यहाँले जुन गर्नुभयो, यस विषयमा धेरै कुरा सार्वजनिक पनि भइसकेको छन् । सकेसम्म मन नपरेको शक्तिलाई अस्वीकार गरेर जाने सकिदैंन भने मिलेर जाने रणनीति भारतको होला जस्तो लाग्छ ।  तर सिंहदरबारभित्रका माइक्रोम्यानेजमेन्ट भारतले गर्छ भन्ने कुरा नेपालका विद्यार्थीहरूको समेत दिमागमा परेको छ । स्वराजको यो भ्रमण पनि विश्व रंगमञ्चमा नेपालमा आफ्नो प्रभाव कायमै छ है भनेर देखाउन भारतले गरेको हतार हतारको भ्रमण हो । त्यसो भए स्वराजको नेपाल भ्रमणले पार्टी एकताका विषयमा कुनै पनि प्रभाव पारेको छैन त ? प्रभाव त पारेको छ । तर सकारात्मक पारेको छ भन्ने मेरो बुझाई छ । एकता चाहनेहरूले त्यसपछि अझ ठूलो र सकारात्मक दबाव दिन थालेका छन् । शीर्ष तहमा काम गर्नेहरूलाई तलबाट गलत पनि हुँदैछ भनेर खबरदारी बढिरहेको छ । व्यक्तिगत स्वार्थ गौण हो, पार्टी एकता प्राथमिकतामा राख्नुपर्छ भन्ने कुरा बढेको छ । मधेशी दलहरूको सहयोगमा माओवादीलाई कम हिस्सेदारी दिएर ओली नेतृत्वमा सरकार बनाउने काम हुँदैछ र यसले गठबन्धन भत्काउन सहयोग गर्छ भन्ने विश्लेषण पनि छ नि ? यदि त्यसो भयो भने त्यो निक्कै कच्चा राजनीतिक खेल हुनेछ । अहिले मधेशी दललाई सरकारमा सहभागी भएर सहयोग गर भन्ने सुझाव आएको हुन सक्छ । तर, त्यो हो भने पनि जस्ताको त्यस्तै कार्यान्वयन नहुन पनि सक्छ । यसअघि वाम गठबन्धनै शीर्ष नेतृत्वले समेत मधेश केन्द्रित दलहरूसँग संवाद गरिरहेको थियो । तर यस्ता कुराले वाम गठबन्धन भत्कदैन । त्यो भयो भने, हिजो अस्तिको कठोर नाकाबन्दी बिर्सिएको, १९५० को असमान सन्धी लगायतलाई बिर्सिएको ठहरिन्छ । त्यसो त अध्यक्ष कसले पाउने भन्ने विषयले पनि एकता अड्किएको भनिन्छ । त्यसमा कत्तिको सत्यता छ ? यस विषयमा खुल्ला छलफल भएको छैन । विषयगत हिसावले प्रवेश गर्नुभएको छैन । दुई अध्यक्षले गंभीर छलफल गरिरहनुभएको छ । अरुले शंका र अनुमानका भरमा भन्नुभएको हो ।  हाम्रै पार्टीका कतिपय नेताहरूले बोलेको पनि उहाँहरूको व्यक्तिगत धारणा हो । पार्टीको हैन । आजका मितिमा सबै वामपन्थ एक हुने कुरा गर्दा कुनै एक पार्टीको अधिवेशन भएर संरचना बनेजस्तो हँुदैन । केही न केही सन्तुलनको प्रयास हुन्छ । त्यो भनेको के हो ? माओवादीले भनेजस्तो माओवादीलाई अध्यक्ष चाहिन्छ भन्ने जस्तो हो वा अध्यक्ष दलको नेता र प्रधानमन्त्री एमालेलाई नै चाहिने हो ? अध्यक्षद्वयले गंभीर छलफल गरिरहेका बेला हामीले यो वा त्यो पक्षमा अडान राखेर नेताहरूलाई अप्ठ्यारो पार्ने काम गर्नु हुँदैन । उहाँहरू दुईजनाले सरप्राइज दिने गरी कुनै पनि घोषणा गर्न सक्नुहुन्छ । यो अझै टुंगिसकेको छैन । बृहत्तर अभियानमा लागेका छौं भन्दाभन्दै पनि दुई फरक पार्टी मिल्ने कुरा गर्दा आत्मसम्मान र उपस्थिति र अस्तित्वको कुरालाई मध्येनजर गर्नैपर्दछ । त्योविना बृहत्तर एकता संभव छैन । अरुलाई विश्वास नगर्ने म विना चल्दैन भनेर ठान्यो भने अरुको सामथ्र्यमा विश्वास नगरेको ठहरिन्छ । यो कुरा अलि फड्कारेर बुझिने गरी भनिदिन मिल्दैन ? वाम एकता भाँडिन लाग्यो भनेर पछिल्लो चरणमा विभिन्न सूचना आउन थाले पनि मलाई पनि देशभरबाट चिन्ता व्यक्त गर्दै टेलिफोनहरू आएका थिए । मैले आश्वस्त बनाउदै वाम सरकार पनि बन्छ, एकता पनि हुन्छ, प्रचण्ड कमरेड अध्यक्ष पनि बन्नुहुन्छ, आत्तिनुपर्दैन भनेको थिएँ । महाधिवेशनबाट एउटै पार्टीका अध्यक्ष चुनिएर आएजस्तो त नहोला, एकल पार्टी चलाएजसरी त नहोला । सन्तुलन मिलाएर महाधिवेशनसम्म जानका लागि प्रचण्ड अध्यक्ष बन्न सक्नुहुन्छ । सबै कुराको टुंगो महाधिवेशनले लगाउँछ ।  तर आजका मितिमा ३० प्रतिशतको जनसमर्थन भएको पार्टीलाई ७० प्रतिशतको जनसमर्थन भएको पार्टीले सजिलै अध्यक्ष सुम्पिएला र ? भोलि हामी सहमतिमै सबै कुराको टुंगो लगाउँछौं । एमाले लामो समयदेखि लोकतान्त्रिक अभ्यास गर्दै आएको छ । लोकतन्त्रको अभ्यासका लागि बाकस थापेर भोट नै हाल्नुपर्दैन ।  विगतमा सामान्य सिद्धान्तका रुपमा ६०/४० भनेको हो त्यसमा अडान लिएको पनि छैन । भोलि संगठनात्मक हिसावले टुंगो लगाउँदा पनि यस्ता कुरामा अडान लिने कुरा हुँदैन । नरम भएर आपसमा मिलाउन सकिन्छ । त्यसो त भागवण्डा नमिल्दा एकता भाँडियो भन्ने दिन त आउँदैन नि ? हामीजस्तो त्यसको पक्षमा लागिरहनेहरू र शुभेच्छुकका लागि त्यो दिन निक्कै दुःखदायी हुनेछ, दूर्घटना र दुर्भाग्य । त्यो दिन आउन नदिनका लागि सबैले खुल्ला दिमागले लामो यात्रा सोच्न जरुरी छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर