पाँचौं संस्करणको ‘रेन ईन्टरटेन्मेन्ट कार्यक्रम’ शनिबार पोखरामा 

पोखरा । पोखरामा शनिबार रेन ईन्टरटेन्मेन्टको पाँचौ संस्करणको कार्यक्रम हुने भएको छ । पोखराको लेकसाईड स्थित ब्यण्जन रेष्टुरेण्टले आयोजना गर्न लागेको पाँचौ संस्करणको रेन ईन्टरटेन्मेन्टको विषेश आर्कषकमा यसपाली फेसन शो र बेलि डान्स रहेको आयोजकले जनाएको छ । 

पोखरा पानी पर्ने ठाँउ भएकोले आँफुहरुले रेन अर्थात् वर्षात् लाई नै थिम मानेर कार्यक्रमको आयोजना गर्न लागिएको रेष्टुरेन्टका सञ्चालक बैभव पौडेलले बताए । वर्षातको समयमा गीत संगीत सहित रमाईलो गर्दै खानपिनको मज्जा दिलाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उनको भनाई थियो । 

‘आन्तरिक र बाह्य पर्यटक दुवैको ईच्छा अनुसार विगतका कार्यक्रमको राम्रो प्रतिकृया अनुरुप कार्यक्रमको आयोजना गरेका हौ’, रेष्टुरेन्टका व्यावस्थापक मनोज भट्टले भने । पारिवारिक वातावरणमा कार्यक्रम गरिने उनले बताए । कार्यक्रमको ग्याल्मर फिल्डको व्यावस्थापन सम्हालेका विशाल गुरुङले यसपालीको रेनईन्टरटेन्मेन्टमा काठमाडौं र पोखराको गरि ८ जना मोडलहरुलाई ¥याम्पमा उतार्ने बताए । 

वर्षातको कार्यक्रम भएकोले उनिहरुको डे«स डिजाईन पनि त्यही अनुरुपको हुनेछ । यस्तै हाँस्यव्यङ्ग क्षेत्रमा आफ्नो पहिचान बनाएकी भूनियाँको बेलिडान्स पनि राखिएको उनले बताए । दिउँसो २ बजे देखि राती ११ बजे सम्म सञ्चालन हुने ईभेण्टमा प्रवेश गर्नको लागि प्रिसेलिङ अन्तर्गत ५ सय र डोरसेलिङ अन्तर्गत १ हजार कायम गरिएको आयोजकले जनाएको छ । महिलाको हकमा भने यो लागू हुनेछैन । 

महिलाहरुलाई फ्रि ईन्ट्री गरिएको छ । रेष्टुरेन्टको प्रचारप्रसार सहित पोखरालाई ईभेण्ट हबको रुपमा विकसित गर्न आयोजना गरिएको कार्यक्रममा आम्दानीबाट २० हजार कुनै एक सामाजिक संस्थालाई सहयोग गरिने सञ्चालक पौडेलले बताए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर