• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

यात्रु बस दुर्घटना हुँदा दुईको मृत्यु 

हिमाल जोशी/ धनगढी । कैलालीको चिसापानीदेखि महेन्द्रनगरतर्फ जादै गरेको से १ ख ११८८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । 

शुक्रबार बेलुकी करिव पाँच बजेको समयमा लम्की चुहा नगरपालिका–१ स्थित बल्चौर नजिकै बस दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा लम्की चुहा नगरपालिका–१ बस्ने अनिल वादीको छोरा बर्ष १२ को कृष्ण वादी र धनगढी उपमहानगरपालिका–३ बस्ने बर्ष ३५ को परचुङ (पिटर) तामाङ रहेको खुलेको छ ।

प्रहरीका अनुसार गम्भिर घाइते दूई जनाको उपचारकाका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख हरीबहादुर वलीले जानकारी दिए । घाईतेहरुको लम्की स्थित लालरत्न अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाईतेहरु नेपाली सेनाका जवान हरेको बुझिए पनि परिचय खुलेको  छैन । 

साईकल चालक अनिल बादीलाई बचाउन खोज्दा बस अनियन्त्रित भई पल्टिएको प्रहरीले जानकारी दिएको छ । बस कर्णाली रिभर यातायातको हो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर