• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

पर्यटन प्रवर्द्धनको पाटो कल्चर र नेचर – पर्यटन मन्त्री लम्साल

पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन बन तथा वाताबरण मन्त्री विकास लम्सालले कल्चर र नेचरको उचित प्रयोगबाट प्रदेशको समृद्धी र पर्यटन पर्बद्धनमा ठुलो टेवा पुग्ने बताएका छन् । बाकोट बराह क्लब कास्कीले आफ्नो २९ औं वार्षीकोत्सवको अवसरमा आयोजना गरेको तीज मेलालाई सम्बोधन गर्दै मन्त्री लम्सालले यस्तो अभिव्यक्ति दिएका हुन् ।

प्रकृतिले दिएका हिमाल, ताल तथा झरनाले पर्यटनको सम्भावना बोके जस्तै विविध जातजातिका नाचगानले र संस्कृतिले पर्यटन बिकासमा महत्वपुर्ण भुमिका खेल्ले मन्त्री लम्सालले बताए । अन्नपूर्ण बेस क्याम्पसम्म जानको लागि क्लबले निकै राम्रो रुटको योजना बनाएको भन्दै उनले प्रशंसा गरे । ‘पर्यटकहरु रमाउँदै अन्नपूर्ण बेस क्याम्पसम्म पुग्ने यो निकै राम्रो प्रस्ताब हो,’ उनले भने, ‘यस्तै अरु प्रस्ताब ल्याउनुुस् हामी सहयोगको लागि तत्पर छौं ।’

गरुङ संस्कृतिले भरिपूर्ण गाउँ अहिले खालिखालि भएकोमा उनले चिन्ता प्रकट गरे । ‘कसरी सबैलाई गाउँ फर्काउने भनेर छलफल चलाउँनुस्,’ उनले भने, ‘पर्यटन प्रबद्र्धनको लागि छलफल चलाउँनुस् ।’ गण्डकी प्रदेश गाउँको पर्यटन प्रबद्र्धनका लागि योजना बनाएको उल्लेख गरे ।

‘गाउँको पर्यटन व्यवस्थित गर्न ३ सय होमस्टे सञ्चालन गर्दै छौं,’ उनले भने, ‘तपाईहरुको गाउँमा पनि यसको सम्भाव्यता छ, गण्डकी प्रदेश सहयोगको लागि सदैव तत्पर छ ।’ होमस्टे स्थापना र व्यबस्थापनका लागि १० लाख रुपैया समेत सहयोग गर्ने उनले प्रतिबद्धता दिए ।

उनले सन् २०२० मा संघीय सरकारले र सन् २०२२ मा प्रदेश सरकारले २० लाख पर्यटक भित्राउनले उद्देश्य सहित प्रदेश सरकार लागिपरेको समेत उल्लेख गरेका थिए । कार्यक्रममा लोक तथा दोहोरी गायक सुरेन्द्र गुरुङ, गण्डकी तारा ओम गुरुङ, गायिका सबिना गुरुङ तथा नर बहादुर राना मगरको बेजोड सांगीतिक प्रस्तुती रहेको थियो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर