• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै काठमाडौंमा प्रर्दशन (फोटोफिचर)

काठमाडौं । काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पक्राउ गरेर कारवाही गर्न माग गर्दै शनिबार राजधानी काठमाडौंमा विशाल प्रदर्शन गरिएको छ । बलात्कारपछि हत्या भएको दुई महिना बित्नै लाग्दा समते अपराधी पक्राउ नपरेको भन्दै काठमाडौंको माइतीघरमा प्रर्दशन गरिएको हो । प्रदर्शन माइतीघरबाट बानेश्वरसम्म पुगेको थियो । प्रदर्शनमा आमा दुर्गादेवी र बुवा यज्ञराज पन्त, अधिकारकर्मी र आम नागरिकको सहभागिता थियो । न्याय दिन ढिला गर्नु पनि अर्को अपराध हो, ५० दिन नाघिसक्यो, न्याय कहाँ गयो ?,सरकार देखाउ इच्छा, खोइत महिलाको सुरक्षा जस्ता प्लेकार्ड बोकर प्रर्दशन गरिएको थियो ।

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर