• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

अवैध लागू औषधसहित ५ जना पक्राउ 

काठमाडौं । भक्तपुर र कपिलवस्तुबाट लागूऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली बस्ने ३६ बर्र्षीय भुपेन्द्र खड्कालाई लागूऔषध नाईट्राभेट २६ ट्याब्लेट र चरेश जस्तो देखिने कालो पदार्थ ५ ग्रामसहित शुक्रबार प्रहरीले पक्राउ गरेको हो । मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली चोकमा खड्का सवार बा ६३ प ८८६६ नम्बरको स्कुटर जाँच गर्दा उनको साथबाट उक्त लागूऔषध बरामद भएको थियो । 

कपिलवस्तु बाणगंगा नगरपालिका–१ बैरिहवा बस्ने २२ वर्षीय ईश्वर ठकुरीसहित ४ जनालाई  लागूऔषध स्पास्मो क्यापसुल २ सय ९९ थान र नाईट्रोजेपाम क्यासुल २९ थान सहित शनिबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीह?लाई लु १४ प ९३३२ नम्बरको मोटरसाइकलको टुलबक्सभित्र लुकाई राखेको उक्त लागूऔषध सहित पक्राउ गरेको हो । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर