• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

अख्तियारको स्टिङ अप्रेसन, कोटेश्वरबाट ९ जना प्रहरी घुससहित पक्राउ (नामसहित)

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काटेश्वरबाट ९ जना प्रहरीलाई घुससहित पक्राउ गरेको छ । अख्तियारको टोलीले शनिबार साँझ काटेश्र र काँडाघारीका प्रहरी विट र प्रभागका ९ जना प्रहरीलाइ १ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्रहरी सहायक निरीक्षकदेखि प्रहरी जवानसम्म रहेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

दंगालका अनुसार असईद्धय गोपाल श्रेष्ठ र सुवकास ढुंगाना, प्रहरी हबलदारतर्फ दीपक भारती, उमेश यादव, अमन चौधरी र प्रहरी जवानतर्फ रत्न रिजाल, मानसिंह रोका, दीपेन्द्र कुवँर र मुकेश पट्टेल छन् । उनीहरुले जम्मा १ लाख घुस लिएका थिए । जसमा असई सुवाले ४५ हजार र अर्का असई गोपालले ३० हजार र हबलदार र प्रहरी जवानले ५/५ हजार घुस लिएको अख्तियारले जनाएको छ । उनीहरुले बालुवा खानी तथा डिपोबाट घुस लिएको अख्तियारले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर