• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

सूर्य अवार्डको तयारी पुरा, कलाकारको जम्बो टोली जापानमा (फोटोसहित)

संगीता कुवँर/जापान । जापानमा पहिलो पटक हुन लागेको सूर्य ईन्टरनेशनल अवार्डको तयारी पुरा भएको छ । राजधानी टोकियोमा  हुने अवार्डको तयारी सकिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो ।

अवार्ड पारदर्शी र भव्य बनाउन लागी परेको आयोजकले बताएका छन् ।  कार्यक्रम आइतबार बेलुका ६ बजे नाकानो जेरो हलमा सुरु हुनेछ । अवार्ड बितरण समारोहमा ४० बढि कलाकारको प्रस्तुती समेत रहनेछ ।

नेपाल सरकार सुचना तथा संचार मन्त्रालय, नेपाल टूरिजम बोर्ड र नेपाल चलचित्र विकाश बोर्ड लगायतका सरकारी निकायहरुको सहयोग र सहकार्य रहेको अवार्डको समारोहका लागी चार दर्जनभन्दा बढी कलाकर्मीसहित सञ्चारकर्मी टोकियो आईपुगेका छन् ।

पहिलो पटक जापानमा हुन लागेको अवार्ड समारोहलाई भव्य बनाउन साथ दिन अध्यक्ष बासुदेव लामिछानेले पत्रकार सम्मेलनमा अनुरोध गरे । एउटै स्टेजमा धेरै कलाकारको जमघट हुने पहिलो कार्यक्रम भएकोले दर्शकको भिड लाग्ने अनुमान गरिएको छ ।

 

तस्बीरः संगीता कुँवर
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर