सुर्य अवार्डमा उत्कृष्ट नायक-नायिका पल र पुजा, सर्वोत्कृष्ट फिल्म अवार्ड ‘म यस्तो गित गाउँछु’लाई (फोटोफिचर)

टोक्यो । आईतबार जापानमा पहिलो पटक सम्पन्न ‘सूर्य ईन्टरनेशनल अवार्ड’मा उत्कृष्ट नायकको अवार्ड पल शाह र उत्कृष्ट नायिकाको अवार्ड पूजा शर्माले हात पारेका छन्  । अनलाईन भोटिंगका आधारमा गरिएको छनोटमा बेस्ट फिल्म निर्देशकमा सुदर्शन थापा परे भने पपुलर फिल्म डाईरेक्टर अवार्डमा प्रदिप भट्टाराई परेका छन् ।

लोकप्रिय नायकमा अनमोल केसी तथा लोकप्रिय नायिकामा साम्राज्ञी राज्यलक्ष्मी शाहले अवार्ड हात पारेकी छिन् । यसबर्षको बेस्ट फिल्म अवार्ड फिल्म ‘म यस्तो गित गाउँछु’ले पायो । 

टोकियोमा पहिलोपटक भएको यस अवार्ड समारोहमा पप गीततर्फ गायकमा कमल खत्री, पप गायीकामा इन्दिरा जोशी, आधुनिक गायकतर्फ राजेशपायल राई, आधुनिक गायिकामा भने मेलिना राई, लोकगीतमा रामजी खाँण र गायिकातर्फ संझना लामिछानेले अवार्ड हात पारे । 

अवार्ड समारोहमा सदाबहार नायक भुवन के सी र बसुन्धरा भुषाललाई सुर्य लाईफटाईम अचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिएको थियो । साथै दुई चलचित्र पत्रकारलाई पनि सम्मान गरिएको थियो । 

अवार्ड वितरणमा सहभागी हुन नेपालबाट ४० बढी कलाकार आएका छन् । अवार्ड वितरण कार्यक्रममा अभिनेत्रीहरु पुजा, साम्राज्ञी, वर्षा र शिल्पा एकै ठाउँमा देखिए पनि अभिनेत्री आचँल शर्भा भने पलसंगै देखिईन । पुजा र आचँल बीचको सम्बन्धको अन्तरता छर्लंग देखिन्थ्यो । 

भोली क्रुस ककटेल पार्टिको आयोजना गरिएको छ । जापानमा पहिलो पटक आयोजना गरिएको सुर्य अर्वाड र एउटै स्टेजमा धेरै कलाकारको जमघटको पहिलो कार्यक्रम समेत हो ।

अवार्ड समारोहमा समिर बलामी, जितु नेपाल, सन्दिप क्षेत्री र नरेश भट्टाराईले कार्यक्रमको संचालन गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर