• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

एपिएफको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त

काठमाडाैं ।  सशस्त्र प्रहरी बलको एपिएफ क्लबको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन् । 

‘ए’ डिभिजन लिग हुने भएपछि एपिएफले तामाङलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको सशस्त्र प्रहरी बल खेलकूद महाशाखाले जनाएको छ । उनलाई ६ महिनाका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो । तामाङले यसअघि थ्री स्टार र मनाङ मस्र्याङ्दी क्लबको प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् ।  

‘ए’ डिभिजन लिग यही असोज १३ गतेदेखि शुरु हुँदैछ । तामाङले २०६७ सालमा मच्छिन्द्र क्लबबाट खेल्दै खेलबाट सन्न्यास लिएका हुन् ।  खेल जीवनकै दौरान विद्यार्थीलाई फुटबल सिकाउन थालेका तामाङले पछि पोखरामा आफ्नै एकेडेमी सञ्चालन गर्नुका साथै खेलाडीलाई प्रशिक्षण दिएका थिए । 

प्रशिक्षक नियुक्त भएपछि तामाङले भने, 'हाम्राे लक्ष्य त उपाधी जित्नुनै हाे तर हामी तेस्राे भयाैँ भने पनि ठूलाे सफलता हाे ।'

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर