• २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024

प्युठानकी सीतालाई प्रलेस पुरस्कार 

काठमाडौं । प्रगतिशील लेखक संघ (प्रलेस) नेपालले यस वर्षको ‘प्रलेस प्रतिभा पुरस्कार’ स्रष्टा सीता विकलाई प्रदान गर्ने निर्णय गरेको छ । प्युठानकी स्रष्टा बिकको ‘युद्धभित्रका संस्मरण’ पुस्तकलाई उक्त पुरस्कार दिने भएको हो । 

पुरस्कार छनोटका लागि उपाध्यक्ष रामप्रकाश पुरीको संयोजकत्वमा गठित समितिले विकट क्षेत्रमा रही जातीय उत्पीडन र वर्गीय भेद्का विरुद्ध संघर्षरत् होमिइ साहित्य सिर्जनामा आबद्ध भएकाले विकलाई पुरस्कार दिन सिफारिश गरेको महासचिव आरएम डङ्गोलले बताए । सिफारिश समितिमा डा भागवत आचार्य र शोभा दुलाल सदस्य रहेका थिए ।

संघका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा बसेको सचिवालय बैठकले पुरस्कार चयन समितिको सिफारिशलाई अनुमोदन गरेको हो । पुरस्कारको राशि  १० हजार रहेको छ ।
संघका पूर्वअध्यक्षले आफूले पाएको दुई लाखको पुरस्कार राशिबाट पुरस्कारको अक्षयकोष खडा भएको हो । आगामी असोज ६ गते स्थापना दिवसमा पुरस्कार प्रदान गरिने छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर