• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

गुफामा भेटियो विश्वकै सबैभन्दा पुरानो मदिरा भट्टी

एजेन्सी । एक अध्ययन समूहअनुसार, इजरायलको हैफा नजिकै प्राचीनकालको एक गुफामा विश्वकै सबैभन्दा पुरानो मदिराको भट्टी भेटिएको छ । साथै यसमा १३ हजार वर्ष पुरानो बियरको अंश पनि भेटिएको अध्ययनकर्ताको भनाई छ । 

यो खोज एक सामुहिक चिहान अध्ययनका क्रममा भएको हो । योे सामुहिक चिहान घुमन्ते शिकारीहरुको हुनसक्ने अध्ययनकर्ताको भनाई छ । 

बियर बनाउने प्रक्रिया ५ हजार पुरानो वर्ष भएको मानिन्छ, तर यो नयाँ खोजबाट बियरको इतिहास परिवर्तन हुनसक्ने बताइएको छ ।

यस खोजबाट यसअघि मानिदै आएको बियर खाली ब्रेड बनाउनका लागि मात्रै होइन भन्ने पनि संकेत मिलेको छ । 

अध्ययनकर्ताको भनाईअनुसार, कुन चीज पहिले बन्यो भन्नेबारे आफूहरु केही भन्न सक्दैनन् । गत वर्षको अक्टोबरमा जर्नल अफ आरक्योलोजिकल साइन्सको रिपोर्ट अनुसार, प्राचीनकालमा मृत व्यक्तिको अनुष्ठान समारोहमा सम्मान दिनका लागि बियर बनाउने गरिन्थ्यो । 

अध्ययन समूहकी प्रमुख स्टेनफोर्ड विश्वविद्यालयका अध्यापक ली लियूले स्टेनफोर्ड समाचारसँग भनिन्, ‘यो विश्वमा मानव निर्मित मदिराको सबैभन्दा पुरानो रेकर्ड हो ।’

लियुको भनाईअनुसार, त्यस समय मानिस के खान्थे र कस्ता प्रकारका रुख–बिरुवा थिए भन्ने कुराको खोज चलिरहेको थियो । र यस खोजका दौरान उनीहरुले गहुँ र जौबाट बनेको मदिराको अंश भेटे । 

यो अंश पत्थरको खोपिल्टोमा भेटिएको थियो, जुन २४ इन्च गहिरो थियो । यस खोपिल्टो गुफाको धरातलमा घुमेर बनेको थियो । यस खोपिल्टोको प्रयोग सामान राख्ने र फल, अन्न लगायतका विभिन्न प्रकारको रुख बिरुवा पकाउनका लागि हुन्थ्यो । 

यो प्राचिन मदिरा केही खिचडी, केही दाल जस्तै थियो । तर, अहिलेको बियर जस्तो त्यो थिएन । बियरको जुन प्रकारको अंश भेटियो, त्यसको तुलनाका लागि अध्ययनकर्ताको समूहले त्यस्तै बियर बनाउने प्रयास गरे । 

विभिन्न अन्नलाई मिसाएर बियर बनाउँदा त्यो आधुनिक बीयरसँग लगभग उस्तै भेटियो । बिबीसीबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर