• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

पोखरा महानगरका अस्पतालमा न्यानो झोला वितरण 

पोखरा । पोखरा महानगरपालिकाले महानगरका तिन वटा सरकारी अस्पतालका सुत्केरी महिला र नवजात शिशुका लागि न्यानो झोला (कपडा) वितरण गर्ने भएको छ ।

महानगरपालिकाले चालु आर्थिक वर्षको असारसम्म पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मातृशिशु मितेरी अस्पताल र शिशुवा अस्पतालमा जन्मिने प्रत्येक नवजात शिशु र सुत्केरी महिलालाई महानगरले न्यानो झोला (कपडा) वितरण गर्ने भएको हो ।

सोमवार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सुत्केरी महिलालाई न्यानो झोला वितरण गर्दै महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले न्यानो कपडाको अभावमा सुत्केरी महिला र नवजात शिशुले समस्या भाग्नु नपरोस भन्ने उद्देश्यले न्यानो कपडा वितरण गर्ने कार्यको सुरुवात गरिएको बताईन् । 
महानगरले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ९ हजार र अन्य दुई अस्पतालमा एक हजार गरी १० हजार न्यानो झोला वितरण गर्ने योजना बनाएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गत आर्थिक वर्षमा मात्रै ८ हजार ६ सय ५७ वटा डेलिभरीका केशहरु आएको मेडिकल रेकर्ड अधिकृत भीमप्रसाद पौडेलले बताए ।

यसैबीच, पश्मिाञ्चलकै ठैलो अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्वास्थ्यकर्मीको अभावका कारण स्वास्थ्य उपचारमा कहिलेकाहीँ समस्या आउने गरेको अस्पतालकी स्त्री रोग विशेषज्ञ डा.डेल्डा सिंहले बताइन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर