• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

पेट खराब भयो ? तत्काल राहत पाउन अपनाउनुस् यी ५ घरेलु उपाय

काठमाण्डौँ । कहिले काही काँचो तथा खराब खाना खानाले पेट दुख्ने समस्या हुनसक्छ । यस्तै, जो धेरैजसो बाहिरको खाना खान्छ उसमा पेट दुख्ने समस्या बढी हुन्छ । कहिले काही संक्रमणका कारण पनि पेट दुख्ने समस्या हुन्छ । यदी तपाईलाई पनि प्राय पेट दुख्ने समस्या छ भने निम्न घरेलु उपाय अपनाउन सक्नुहुन्छ, जसले तत्कालै दुखाईबाट राहत दिन्छ ।

१. अदुवा – अदुवा हाम्रो शरीरका लागि एक औषधी बराबर हो । पेट दुखेको बेला अदुवाको सेवन निक्कै लाभदायी हुन् । अदुवामा पाइने एन्टिफंगल र एन्टिब्याक्टेरियल तत्वले पेट दुखाईमा राहत दिन्छ । अदुवालाई हल्का ग्यासमा सेकेर खानुहोस् अथवा अदुवाको धुलो दुधमा राखेर पनि पिउन सकिन्छ ।

२. स्याउको सिरका – स्याउको सिरकामा प्रोटिनको भरपुर मात्रा हुन्छ । पेटसम्बन्धि हरेक प्रकारको समस्या अथवा दुखाई महशुस भइरहेको छ भने स्याउको सिरका रामबाण साबित हुन्छ । 

३. दही – चिकित्सकका अनुसार, पेट दुखेको समयमा दहीको सेवन गर्नाले तुरुन्तै आराम मिल्छ । दहीमा रहेको ब्याक्टेरियल तत्वले पेटको दुखाईलाई तत्कालै राहत दिई शितलता प्रदान गर्छ । 

४. पर्याप्त पानी पिउने – त्यसो त सँधै पानी पिउनाले हाम्रो स्वास्थ्य र पेट दुवै ठिक रहन्छ । तर पेट दुखेको समयमा हल्का मनतातो पानी पिउनाले तुरुन्तै आराम मिल्छ । यदी सादा पानी पिउन मन लागिरहेको छैन भने थोरै कागती, पुदिनाको रस र ग्लुकोज वा कुनै सब्जी वा फलको रस मिलाएर पिउनुहोस् । तुरुन्तै आराम मिल्छ । 

५. पुदिनाको सेवन – चिसो मौसममा यदी कसैको पेट खराब भएमा उसलाई सबैभन्दा पहिले पदिनाको सेवन गराउनुपर्छ । जो व्यक्तिमा पाचन सम्बन्धि समस्या रहन्छ, उसका लागि पनि पुदिनको सेवन रामबाण साबित हुन्छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर