फेरी बढ्यो ईन्धनको भाउः उपभोक्ता मारमा

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । नेपाल आयल निगमले गएरातिदेखि लागु हुनेगरि ईन्धनको मूल्य बढाएको हो । 

बढाईएको भाउ अनुसार पेट्रोलमा प्रतिलिटिर २ रुपैया बढेर १ सय १४ रुपैंया पुगेको छ भने डिजेल र मट्टितेलमा ३÷३ रुपैंया बढेर १ सय १ रुपैंया पुगेको छ । 

ग्याँस र हवाई इन्धनको मुल्य भने बढाईएको छैन । नेपाल आयल निगमले मूल्य बढाउदा पनि निगमलाई मासिक ५० करोड रुपैंया घाटा रहेको दावी गरेको छ ।  संस्था घाटामा गएपनि कर्मचारीले बोनस खान भने नछोडेको भनेर निगमका कर्मचारीहरुको आलोचना हुदै आएको छ । 

अधिकाँश नेपालीहरुले मनाउने ठुला चाड दशैं तिहारको मुखमा भएको ईन्धनको मूल्य बृद्धिले मंहगी बढाउने भन्दा उपभोक्ताले भने चिन्ता व्यक्त गरेका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर