मोवाइल चोरीको आरोपमा एक जना पक्राउ

कास्की । पोखराका विभिन्न ठाउँबाट मोवाइल चोर्ने पक्राउ परेका छन् । धेरै ठाउँबाट मोवाइल चोरी भएको गुनासो आएपछि खोजी गर्ने क्रममा पोखरा १८ सराङकोटबाट मोवाइलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

२२ वर्षीय विशाल गुरुङलाई चोरीका ६ थान मोवाइलसहित पक्राउ गरी कारबाही सुरु भएको प्रहरीले जनाएको छ । उनको साथबाट लेनोभो ए १ हजार एक थान, एप्पल आइफोन ६ एकथान, सामसुङ डुज एकथान, सामसुङ ग्यालेक्सी जे टु एकथान, भिभो १ थान र सामसुङ जे टु एकथान बरामद गरिएको कास्की प्रहरी प्रबक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर