• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

युरोपियन च्याम्पियन्स लिग आजबाट (खेल तालिकासहित)

बार्सिलोनाले पी एस भी तथा, टाेटनह्यमले इन्टर मिलानकाे सामना गर्ने

काठमाडौं । विश्व फुटबलकै प्रतिष्ठित प्रतियोगिता युरोपीयन च्याम्पीयन्स लिगका नयाँ सिजनका खेलहरु आजबाट सुरु हुदै छन् । लिग चरणको खेल अन्तरगत आज समुह ए देखी डी सम्मका खेल हुदैछन् ।

मंगलबार, आज समूह ‘ए’, ‘बि’, ‘सी’ र ‘डी’ का दुई दुई खेल हुनेछ । जसमा समूह ‘बि’ को खेल नेपाली समय अनुसार राति १०ः४० मा सुरु हुनेछ । अन्य समूहको खेल राति १२:४५ मा सुरु हुनेछ । समूह चरणको पहिलो खेलमा स्पेनिस क्लब बार्सिलोनाले घरेलु मैदानमा पिएसभीसंग नेपाली समय अनुसार राति १०:४० मा प्रतिस्पर्धा गर्दैछ ।  

समूह ‘बि’ अन्तर्गत कै अर्को खेलमा इटालियन क्लब इन्टर मिलान र इन्ग्लिश क्लब टोटेनहमले प्रतिस्पर्धा गर्नेछन् । राति १०:४० मा हुने खेल इन्टरको मैदानमा हुनेछ । यस्तै समूह ‘सी’ का इन्ग्लिश क्लब लिभरपुलले घरेलु मैदानमा फ्रान्सको पेरीस सेन्ट जर्मेन (पिएसजी) संग, नेपोलीले सर्बियन क्लब रेड स्टार बेलग्रेडसंग राति १२:४५ मा हुनेछ ।

समूह ‘ए’ अन्तर्गत जर्मन क्लब बोरुसिया डर्टमण्डले ब्रुगको सामना गर्दा फ्रान्सेली क्लब मोनाको र स्पेनिस क्लब एट्लेटिको मड्रिड भिड्नेछन् । समूह डी अन्तर्गत गालातासारेले लोकमोतिभ मस्कोसंग प्रतिस्पर्धा गर्दा शाल्केले पोर्टोको सामना गर्नेछन् । 

खेल तालिका ः
बार्सिलोना विरुद्ध पीएसभी – रातको १०:४० बजे
इन्टर मिलान विरुद्ध टोटेनहम हट्स्पर – रातको १०:४० बजे
गालाटासरे विरुद्ध लोकोमोटिभ मस्को – रातको १२:४५ बजे
साल्का विरुद्ध एफसी पोर्टो – रातको १२:४५ बजे
लिभरपुल विरुद्ध पेरिस सेन्ट जर्मेन – रातको १२:४५ बजे
रेड स्टार बेलग्रेड विरुद्ध नेपोली – रातको १२:४५ बजे
क्लब ब्रुजा विरुद्ध बोरुसिया डर्टमुन्ड – रातको १२:४५ बजे
मोनाको विरुद्ध एटलेटिको म्याड्रिड – रातको १२:४५ बजे
 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर