• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

मर्न भनेर धेरै पटक गएँ, तर के थाहा कहाँबाट खस्यो भने मरिन्छ ?

‘हाम्रो संसार अन्धकार भए नि मन रंगीन छ’

गाउँमा आँखा देख्दैन भनेर गाउँले तथा परिवारले गर्ने व्यवहार सम्झेर उनको बोली रोकिन्छ । यतिभन्दा भन्दै उनका आँखा आँसुले भरिन्छ । लामो सास फेर्दै मिनबहादुर सम्झन्छन्, ‘मेरी आमाले म अन्धो भनेर थाहा पाएपछि १ वर्षको हुँदा खोलामा लगेर फाल्नुभएको थियो रे ! अनि बाबाले थाहा पाएर घर ल्याउनु भयो रे !’ 

‘छिटो छिटो आउनुस् अगाडि ट्राफिक छ छिटो...’ गाडी अलि अगाडि गएर रोकियो । त्यही भिडमा एक जोडी सायद उमेरले ३५–३६ पुगेका कालो चस्मा लगाएका एक युगल जोडीमध्येका एकले बोले, ‘विस्तारै चलाउनु न मैले समाउने ठाउँ नै भेटिन् ।’ उनीहरुको हातमा सानो झोला, लथालिङ भएका शरीरका कपडा अनि हातमा लामो सेतो छडी थियो ।

त्यहीबीचमा गाडीको सहचालकले भने, ‘अन्धो मान्छे किन चढ्नु गाडीमा ?’ गाडीभित्रबाट एक महिलाले अल्लि झोक्किँदै सहचालकलाई भनिन्, ‘अन्धाले गाडी चढ्न पाइँदैन भनेर कहाँ लेखेको छ र ? बाहिरी आँखाले नदेखे नि, वहाँहरुले पनि भित्री आँखाले हामी सबैलाई देख्नुहुन्छ ।’ ती महिला पनि गाडीमा आधा गोडा गाडीको बाहिर अनि आधा भित्र राखेर कोचिएर बसेकी थिइन् ।                                                                                                                  
यो जोडीलाई बिहान बेलुका गाडी चढ्दा सहचालकको यस्तो कर्कस आवाज सामान्य लाग्न थालेको छ । फरक यति हो कहिले बसका सहचालक पर्छ, त कहिले माइक्रोको । 

रामेछापको चुचुरे गाउँमा घर भएका मिनबहादुर तामाङ र कल्पना तामाङ ४ वर्षअघि काठमाडौं झरेका थिए । उनीहरु जन्मजात नै दृष्टिविहीन हुन् । गाउँ ठाउँ एउटै भएर होला एकै ठाउँमा भए पनि उनीहरुको भेट भएको थिएन । 

गाउँमा आँखा देख्दैन भनेर गाउँले तथा परिवारले गर्ने व्यवहार सम्झेर उनको बोली रोकिन्छ । यतिभन्दा भन्दै उनका आँखा आँसुले भरिन्छ । लामो सास फेर्दै मिनबहादुर सम्झन्छन्, ‘मेरी आमाले म अन्धो भनेर थाहा पाएपछि १ वर्षको हुँदा खोलामा लगेर फाल्नुभएको थियो रे ! अनि बाबाले थाहा पाएर घर ल्याउनु भयो रे !’ 

यस्ता धेरै दुःखका घटना उनको जीवनमा पहाड बनेर मनभरी बसिरहेका छन् । मानिसको व्यवहार, समाज, सामाजिक परिवेशका कारण आफूले भोगेका मानसिक तथा शारीरिक यातना अहिले उनले सम्झन चाहँदैनन् ।
 
कुराकानीको सिलसिलामा उनले आफ्नो विगतलाई एउटा परिघटनाको रुपमा लिएर जीवनको रथलाई संघर्ष गरेरै बिताउने अठोट लिएको बताए । आजकल उनी आफ्ना  जीवनमा घटेका विगतका घटना सम्झेर मनलाई खिन्न बनाउन चाहँदैनन् । 

त्यस्तै, कल्पना मनको बहको पोको फुकाउँदै स्मृतिमा डुब्छिन्, ‘अन्धो’ भनेर मानिसले कति हेपे हेपे । तैपनि मनलाई दह्रो पारेर जीवनको गतिलाई अघि बढाइयो ।’ 

सुरुका दिनमा त राम्रै थियो । गीत गाउने तालिम दिए माया पनि गरे । तर, पछि त्यो मायामा विस्तारै परिवर्तन आउन थाल्यो ।  कल्पना भन्छिन्, ‘हामीलाई ल्याउने र लाने काम उनीहरुको थियो । दिनभरी काम गरेर गीत गाएर कमाएको सबै पैसा दिँदा हामी कति दिन भोकै पनि भयौ । 

उनले सम्झिन्, ‘अन्धो भनेर हेपेको दिन कति पटक मर्न भनेर उकालो गएँ । तर, के थाहा कहाँबाट खस्यो भने मरिन्छ ? कुन सम्म ठाउँ कुन भिरालो के थाह, धेरैमाथि पुगेर हामफाले जस्तो लाग्थ्यो । कतै होइन आफ्नै गोडामा लड्थे ।’

उनले काठमाडौं आएको सम्झदै भनिन्, ‘गाउँमा एक संस्था आयो हामीजस्तै आँखा नदेख्ने सबैलाई खोज्दै आएको भन्दै अनि सबलाई भेला पारेर काठमाडांै ल्यायो । एकदम हल्ला थियो । आँखा नदेख्ने हामीले सुन्न र सुँघ्नबाहेक के नै गर्न सक्थिउँ ।’ 

उनीहरुलाई काठमाडौं ल्याएर एउटा ठूलो हलमा राखियो । त्यहाँ उनीहरुजस्तै धेरैलाई एकै ठाउँमा राखिएको थियो । कहिले पनि उनीहरुलाई कुन ठाउँमा ल्याइएको हो भनेर बताइएन्, केवल काठमाडौ हो भनियो ।

सुरुका दिनमा त राम्रै थियो । गीत गाउने तालिम दिए माया पनि गरे । तर, पछि त्यो मायामा विस्तारै परिवर्तन आउन थाल्यो ।  कल्पना भन्छिन्, ‘हामीलाई ल्याउने र लाने काम उनीहरुको थियो । दिनभरी काम गरेर गीत गाएर कमाएको सबै पैसा दिँदा हामी कति दिन भोकै पनि भयौ । 

यसरी दिन रात बित्न थालेपछि सँगै काम गर्ने कल्पना र मिनको बीचमा माया बस्यो । बाहिरी आँखा नभए पनि भित्री आँखा र मन एउटै भएपछि उनीहरुले विवाह गरे । बिहेपछि उनीहरुको छुट्टै बस्न थाल्यो । 

भिडमा ठोकिँदा अर्काले अन्धोभन्दा मन भाँचिएर आउने कल्पना बताउँछिन् । उनी भन्छिन्, ‘के गरुँ संसार हेर्ने रहर त नभएको कहाँ हो र, तर हाम्रो संसार पूरै कालो छ । फेरी यस्तो हामीले चाहेर भएको पनि त हैन । 

उनीहरु अहिले गोठाटारमा एउटा कोठा भाडामा लिएर बस्दै आएका छन् । कोठाको भाडामा ५५ सय कोठा छ । तर, खानेपानी कहिल्यै आउँदैन । गोठाटारबाट गाडी चढेर उनीहरु बिहान सधैं ९ बजे न्युरोड गेटमा आउँछन् । दिनभरी गेट नजिकै बसेर गीत गाउँछन् । त्यहाँ जे पाइन्छ त्यही खान्छन् । त्यहाँ बस्दा उनीहरुलाई न तातो घामले पोल्यो भनेर वा पानीले भिजायो भनेर भाग्ने सुविधा छ । 

उनीहरुले गीत गाउँछन्, बटुवालाई मनोरञ्जन दिन्छन् । गीतबाटै आफ्नो मनको बह पोख्छन् । आफूमा भएको क्षमताबाट बाँच्ने उनीहरुको यो प्रयासमा मनकारीले दिने सहयोगले नै दिनदैनिकी चलेको छ । 

दिनभरी कमाएर लगेको पैसा कति दिन घर नै पुग्दैन कारण बाटोमा गाडीमा कसले खोस्छ थाहै हुँदैन । केही पैसा जम्मा भए घरमा लैजान्छ । कल्पना भन्छिन्, ‘घरबेटी धेरै मजाका छन् । हामीले लगेको पैसा गन्न सहयोग गर्छन् । तरकारी किन्न सहयोग गर्छन् । यो देख्दा लाग्छ अन्धोलाई माया गर्ने कोही त छ ।’

भिडमा ठोकिँदा अर्काले अन्धोभन्दा मन भाँचिएर आउने कल्पना बताउँछिन् । उनी भन्छिन्, ‘के गरुँ संसार हेर्ने रहर त नभएको कहाँ हो र, तर हाम्रो संसार पूरै कालो छ । फेरी यस्तो हामीले चाहेर भएको पनि त हैन । 

कहिलेकाही त यही ठिक लाग्छ जीवन । किनभने अरुले भनेजस्तो मोह त छैन हामीमा । हाम्रो लागि संसार रंगीन भए नि रंगहीन भए नि कालै । साउनमा आँखा फुटेको गोरुले १२ महिना हरियो देख्छ भनेजस्तै छ ।’ 

उनीहरुलाई न भोकको मतलब छ, न प्यासको । कल्पना भन्छिन्, ‘आउने, जाने र दैनिकी चलाउन गाह्रो त हुन्छ नै तर सरकारले बाटोमा माग्न नरोके पनि हाम्रो लागि केही गरी खाने केही व्यवस्था भइदिए हुन्थ्यो ।’ हात खुट्टा लागुन्जेल त यसैगरी गुजाला चल्ला, बुढेसकालमा के गर्ने ?

मान्छे जन्मनु पाप होइन तर पनि जन्मेको आधारमा आएको शारीरिक असक्षमतालाई आधार बनाएर लगाइने लाञ्छना भने पक्कै पनि पाप हो । बाँच्न पाउने अधिकार राज्यमा सबैलाई छ । तर जो बाँच्नका लागि पनि केही गर्न सक्ने अवस्थामा हुँदैन त्यस्ताका लागि राज्य नै अविभावक बन्नुपर्छ भन्ने लोककल्याणकारी राज्यको अवधारणा भित्र पर्दछ । असहायको अविभावक बनिदिन के हाम्रो सरकार लोककल्याणकारी बन्न सक्ला ?


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर