• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

हास्य कलाकार श्रेष्ठको स्वास्थ्य सुधारउन्मुख, पुरानै पेसमेकर जडान 

काठमाडौं । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सस रोगको सफल शल्यक्रियापछि उनकोे स्वास्थ्यमा सुधार आएको छ ।

अन्नपूर्ण न्यूरो अस्पतालले जारी गरेको विज्ञप्तिमा श्रेष्ठको बिहीबार सो रोगको शल्यक्रिया गरिएको उल्लेख छ । शल्यक्रिया डा रेशा श्रेष्ठ र डा वसन्त पन्तले गरेका थिए ।  कलाकार श्रेष्ठमा नौ वर्षदेखि सो रोगको लक्षण देखा परेपछि चार वर्षदेखि दिमागको दाहिनेतर्फको भागमा बढी समस्या भएकोले देब्रेपट्टीको भागमा शल्यक्रिया गरिएको हो । 

दिमागको दाँहिने भागमा समस्या देखिएमा देव्रेपट्टी शल्यक्रिया गर्नुपर्ने हुन्छ । उक्त शल्यक्रिया सो अस्पतालमा पहिलो पटक गरिएको हो । कलाकार श्रेष्ठको शल्यक्रियापछि सो सेवालाई नियमित रुपमा सञ्चालन गर्ने अस्पतालले जनाएको छ । कलाकार श्रेष्ठको देवे्रपट्टी पनि समस्या देखिन थालेकोले नयाँ तार नयाँ ठाउँमा पुनः राखी पुरानै पेसमेकरमा जडान गरिएको विज्ञप्तिमा उल्लेख छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर