• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

नमिताको गजलसंग्रह आँगन बजारमा 

बाँके, कोहलपुर । नवोदित गजलकार नमिता बरालको ‘आँगन’ गजलसंग्रह बजारमा आएको छ । हाम्रो पुर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले आयोजना गरेको कार्यक्रममा साहित्यकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव सनत रेग्मीले विमोचन गरे । साहित्यकार नमिताले गजल मात्र नभइ कविता मुक्तकमा पनि कलम चलाउँदै आएकी छन् । लामो समयको संघर्षपश्चात् गजलसंग्रह तयार भएको बताइन् । यस संग्रहभित्र सिङ्गो देश, समाज, परिवेश र पीडाहरु बोलेका गजल रहेको उनले जनाइन् । 

कोहलपुरको होटल वेस्टर्न रिभर साइडमा प्रतिष्ठानद्वारा आयोजित स्रस्टा सम्मान तथा कृति विमोचन समारोहमा स्याङजाली साहित्यकार विश्वप्रेम अधिकारीलाई तुलसीराम स्मृति पुरस्कार– २०७४ बाट सम्मानित समेत गरिएको थियो ।

पाँच दर्जनभन्दा बढी रचना वाचन गरिएको उक्त कार्यक्रममा प्रतिष्ठानका सचिव पुष्कर रिजाल, सल्लाहकार सागर गैरे तथा साहित्यकार ऋचा लुइँटेलले संग्रहमाथि समालोचना थिए । साहित्यकार कपिल अञ्जानले नेपाली गजलमा गजलकार नमिताले नवीनतम कृति ल्याएको बताए । 

शिखा बुक्स, काठमाडौंबाट प्रकाशित आँगनमा ८८ गजलहरू संग्रहित छन् भने कृतिको मुल्य १७५ रूपैयाँ रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर