को भए उत्कृष्ट फोटोग्राफर २०१८

काठमाडौं । 'केपी वाइडिङ फोटो अवार्ड २०१८' सम्पन्न भएको छ । काठमाडौं राष्टिय नाचघरमा जमलमा भएको कार्यक्रमको मुख्य उद्देश्य भनेको फोटोग्राफरको आफनो पेसाप्रति हौसला बढाउनु रहेको आयोजकले जनाए ।

काठमाडौं फोटोग्राफर संघले आयोजना गरेको यो छैटौं संस्करण हो । जसमा निकोन क्यामरा सेन्टर आयोजकको रुपमा रहेको थियो । उक्त कार्यक्रममा  फोटोग्राफर भवदेव थापा, रत्नमान आसु, अमेन्द्र श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, दिवंगर राजवंशी लगायतका व्यक्तिको सहभागिता रहेको थियो ।

देशभरका फोटोग्राफरले खिचेका १५ सय तस्बिरबाट १ सयलाई छनोट गरिएको थियो । विवाहसम्बन्धी तस्बिरको प्रदर्शनी गर्ने भनिए पनि अन्य विषयसँग मिल्ने तस्बिर समेत आएको छानबिन टोलीले मन्तव्यमा बताएका थिए ।

छानिएका १ सय प्रतिस्पर्धीलाई उपहारसमेत प्रदान गरिएको आयोजकले जानकारी दिए । कार्यक्रममा टप पाँचभित्र कमशः कुमार गुरुङ पाँचौ, अभिशेक महर्जन चौथो, अनिस खड्की तेस्रो, रामजी नेपाल दोस्रोे र सानुकाजी महर्जन पहिलो भए । बिजेता ३ मा पर्ने सबैलाई निकोन क्यामरासहित अन्य सहयोगी संस्थाले विभिन्न उपहार दिएका थिए । उत्कृष्ट भएका सानुकाजीलाई विशेष क्यामरासहित विभिन्न उपहार प्रदान गरिएको थियो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर